आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

ग्राण्डीमा आथ्र्रोस्कोपी सर्जरी गरेका विरामी भन्छन्, हिँडडुल गर्न सहज भएको छ  


  • माउन्टेन खबर
  • शनिबार, साउन १२, २०८१
  • 92
    SHARES
काठमाडौँ, १२ साउन । लामो समयदेखि घुँडाको समस्या भएका विरामीले आथ्र्रोस्कोपी सर्जरी गरेपछि हिँडडुल गर्न सहज भएको बताएका छन् ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको हाडजोर्नी विभागअन्तर्गत रहेको आथ्र्रोस्कोपी तथा आथ्र्रोप्लाष्टिक विभागले आज आयोजना गरेको कार्यक्रममा सर्जरी गरेका विरामीले आफूलाई हिँडडुलमा धेरै सहज भएको बताएका हुन् ।
कार्यक्रममा १२ वर्षदेखि घुँडाको समस्या देखिएका दिकेश मलोत्राले आफूलाई फुटबल खेल्दा घुँडा सारै दुख्ने र डाक्टरकोमा जाँदा ठिक छ मात्र भन्ने गरेपनि रोग पत्ता लगाउन नसक्दा समस्या भएको बताउनुभयो ।
“ग्राण्डीमा आएर घुँडा देखाउँदा आथ्र्रोस्कोपी सर्जरीको सल्लाह दिएपछि उक्त सर्जरी गर्दा मलाई ठिक भएको हो,”– उहाँले भन्नुभयो । १२ वर्षदेखि कुनै डाक्टरले नदेखेको समस्या ग्राण्डीले देखेर सन्चो बनाईदिएकोमा आफूलाई ज्यादै खुशी लागेको बताउनुभयो ।
यस्तै, विश्मा राईको पनि घुँडा दुख्ने समस्या लामो समयदेखिको हो । हिँडडुल गर्न समस्या भएकी विश्मापनि ग्राण्डीमा आएर सर्जरी गरेपछि ठिक हुनुभयो । उहाँले सर्जरी गरेको चार महिनापछि हिँडेर सगरमाथा आधारशिविर पुगेको आफ्नो अनुभव कार्यक्रममा सुनाउनुभयो ।
पोखराका दीपक पौडेलको पनि आथ्र्रोस्कोपी सर्जरीबाट घुँडा दुख्ने समस्या कम हुँदै गएको छ । “ग्राण्डीका डाक्टर र नर्सको व्यवहारले मलाई चाँडो निको हुन मद्दत पुग्यो,”– उहाँले भन्नुभयो । उहाँको घुँडा लक भएको कारण घुँडाको केही भाग डाक्टरले खुर्केर फालेका थिए ।
नेपाल इनभेष्टमेन्ट मेगा बैँक जोरपाटी शाखाका शाखा प्रबन्धक दिवाकर चालिसे पनि ग्राण्डीले दिएको सेवाबाट सन्तुष्ट हुनुहुन्छ । उहाँले उक्त अस्पतालका थेरापिस्टले दिएको सेवा सारै राम्रो लागेको बताउनुभयो ।
कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डाक्टर विनोद विजुक्छेले सबै घुँडाका विरामीले घुँडा दुख्दैमा शल्यक्र्रिया गर्नुपर्छ भन्ने नरहेको बताउनुभयो । “कुनै रोग फिजियोथेरापीबाट र कुनै रोग औषधीबाट निको हुन्छ, दुबैबाट निको नभएका विरामीलाई बल्ल शल्यक्र्रिया गरिन्छ,”– उहाँले भन्नुभयो ।
उहाँले खेलकुदसँग सम्बन्धित चोटपटकलाई उपचार गर्ने विधि आथ्र्रोस्कोपी सर्जरी भएको बताउनुभयो । उक्त सर्जरीबाट खेलाडीहरु पुन खेल  क्षेत्रमा फर्कन सहज हुने गरेको डा विजुक्छेको भनाई छ ।
अस्पतालका आथ्र्रोस्कोपी तथा आथ्र्रोप्लाष्टिक विशेषज्ञ एवम् अर्थोपेडिक सर्जन डा विभुतीनाथ मिश्रले आथ्र्रोस्कोपी सर्जरी दुरविन पद्दतीबाट विभिन्न जोर्नीहरुको रोग पत्ता लगाउने प्रक्रिया तथा उपचार पद्दती भएको बताउनुभयो ।  सानो सानो प्वाल पारेर दूरबिनको सहयोगमा जाँच्ने र जाँच्दा देखिएका रोगको उपचार गर्ने प्रविधिलाई आथ्र्रोस्कोपी भनिने उहाँको भनाई थियो ।
उहाँले ग्राण्डी अस्पतालले हालसम्म आथ्र्रोस्कोपी सर्जरी सयभन्दा बढी गरिसकेको बताउनुभयो ।  डा मिश्रले आर्थोस्कपिक प्रविधीद्वारा मानव शरीरमा भएको जोर्नीहरु जस्तै, घुँडा, कुम, कुहिनो, नितम्ब, खुट्टा र नाडीको जोर्नि भित्रको रोगको निदान र उपचार गर्न सम्भव हुने बताउनुभयो । सो अवसरमा आजै आथ्र्रोस्कोपी सर्जरी गरेका विरामी, अस्पतालका डाक्टर र फिजियोथेरापिष्टबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता समेत आयोजना गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }