आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मौद्रिक नीति सकारात्मक छ, निजी क्षेत्रको आत्मबल बढाउँछ: अध्यक्ष ढकाल


  • माउन्टेन खबर
  • शुक्रबार, साउन ११, २०८१
  • 40
    SHARES

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रसप्रसाद ढकालले राष्ट्र बैंकले कर्जा बिस्तारलाई सहज बनाउने गरी सकारात्मक मौद्रिक नीति ल्याएको धारणा राख्नुभएको छ ।

शुक्रवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/०८२को मौद्रिक नीति सार्वजनिक गरेपश्चात न्युज एजेन्सी नेपालसँग प्रारम्भिक प्रतिक्रिया दिँदै यस्तो बताउनुभएको हो ।

उहाँले १२.५ प्रतिशतको निजी क्षेत्रमा कर्जा बिस्तार गर्ने लक्ष्य सकारात्मक रहेको बताउनु भयो । उहाँले निर्माण व्यवसायीहरुको समस्यालाई मौद्रिक नीतिमार्फत सम्बोधन गरेको भन्दै मौद्रिक नीतिको स्वागत गर्नुभयो । उहाँले बैंकको असल कर्जा गणना गर्ने प्रक्रिया ६ महिनासम्म बनाउनु बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिने ऋणहरुको लागि सहजिकरण गर्नु राम्रो पक्ष भएको बताउनु भयो । उहाँले विदेशी विनिमय सञ्चिति ७ महिनाको आयात धान्नसक्ने लक्ष्य राखेको बताउनु भयो ।

उहाँले समग्रमा मौद्रिक नीति बैंकहरुको कर्जा बिस्तार गराउने र माग बढाउन सहयोग पुग्ने देखिएको बताउनु भयो । अध्यक्ष ढकालले निजी क्षेत्रले उठाउँदै आएको चालु पुँजीकर्जा मार्ग निर्देशन परिमार्जन गरिने व्यवस्था गर्नु सकारात्मक पक्ष रहेको बताउनु भयो । उहाँले शेयर बजारमा संस्थागत कर्जाको सीमा खारेजले लगानीको वातावरण बनेको बताउनु भयो । उहाँले निर्माण क्षेत्रको समस्याले समग्र अर्थतन्त्रमा असर समाधान गर्न मौद्रिक नीतिले सहजिकरण गरेकाले केही हदसम्म भएपनि निजी क्षेत्रको आत्मबल बढ्ने विश्वास रहेको बताउनु भयो । उहाँले मौद्रिक नीतिले महासंघले दिएका सुझावलाई थोरै भएपनि सम्बोधन गर्न खोजेको देखिएको उल्लेख गर्नुभयो । उहाँले मौद्रिक नीतिमा व्यवस्था भएका व्यवस्थाहरु सर्कुलरमा त्यही अनुसार आउन आश्वयक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘१२।५ प्रतिशतको निजी क्षेत्रमा कर्जा बिस्तार गर्ने लक्ष्य राखेको देखियो । निर्माण व्यवसायीहरुको समस्यालाई मौद्रिक नीतिमार्फत सम्बोधन गरेको देखियो । बैंकको असल कर्जा गणना गर्ने प्रक्रिया ६ महिनासम्म भनेको थियो । त्यसले बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिने ऋणहरुको लागि सहजिकरण गरेको देखियो । विदेशी विनिमय सञ्चिति ७ महिनाको आयात धान्नसक्ने लक्ष्य राखेको छ । यसरी हेर्दा मौद्रिक नीतिले बैंकहरुको कर्जा बिस्तार गराउने र माग बढाउन सहयोग पुग्ने देखिन्छ । निजी क्षेत्रले उठाउँदै आएको चालु पुँजीकर्जा मार्ग निर्देशन परिमार्जन गर्ने भनिएको छ ।

मौद्रिक नीतिले सकारात्मक देखिएको छ । शेयर बजारमा संस्थागत कर्जाको सीमा खारेज गरेको छ । त्यसले पनि मौद्रिक नीति सकारात्मक छ । निर्माण क्षेत्रको समस्याले समग्र अर्थतन्त्रमा असर बनाएको थियो । त्यसलाई मौद्रिक नीतिले सम्बोधन गरेको छ । मौद्रिक नीतिले महासंघले दिएका सुझावलाई सम्बोधन गर्न खोजेको छ । मौद्रिक नीतिमा व्यवस्था भएका व्यवस्थाहरु सर्कुलरमा नआउने गरेको छ । सर्कुलरमा पनि त्यही अनुसार आउनुपर्छ । मौद्रिक नीतिले मात्रै निजी क्षेत्रको आत्मवल बढाउने होइन । सरकारको स्थिर नीति लगायत स्थिर सरकारले फरक पर्छ । मौद्रिक नीति सहज आएको छ । त्यसले केही हदसम्म आत्मबल बढाउन सहयोग पुर्‍याउँछ ।’

उहाँले अस्थिर सरकार र नीतिको कारण निजी क्षेत्रको मनोबल कमजोर भएको भन्दै मौद्रिक नीतिले गरेका व्यवस्थाले थोरै मनोबल माथि उठ्न मद्दत पुग्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }