आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सन्दीपविरुद्ध मुद्दा नचलाउन ‘गौशाला २६’ले दिइन् निवेदन


  • माउन्टेन खबर
  • शुक्रबार, साउन ११, २०८१
  • 56
    SHARES

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा अघि नबढाउन पीडित ‘गौशाला २६’ ले निवेदन दिएकी छन् ।

गौशाला २६ गते उच्च सरकारी वकिल कार्यालय पाटन पुगेर लामिछानेविरुद्धको जबरजस्ती करणको मुद्दा अव सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिन भन्दै निवेदन दर्ता गरेकी हुन् ।

उच्च अदालत पाटनले गौशाला २६को जाहेरीपछि दर्ता भएको मुद्दामा सफाइ दिने फैसला सुनाएको थियो । उक्त मुद्दाको पूर्णपाठ मंगलबारमात्र उच्च सरकारी वकिल कार्यालयमा आइपुगेको थियो ।

बिहीबार गौशाला २६ आफै निवेदन लिएर पुगेकी थिइन् । उनले आफू यो मुद्दाका कारण धेरै मानसिक तनावमा परेको र सामाजिक रूपमा समेत अप्ठ्यारो अवस्थामा परेका कारण थप अगाडी नबढोस् भन्ने चाहाना राखेर निवेदन दिएको उल्लेख गरेकी छन् ।

जेठ २ गते उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको थियो । जिल्ला अदालत काठमाडौंले गरेको फैसलालाई उच्च अदालत पाटनले उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }