आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आगामी आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक हुदै


  • माउन्टेन खबर
  • शुक्रबार, साउन ११, २०८१
  • 41
    SHARES

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्दै छ । राष्ट्र बैंकले बालुवाटारस्थित नवनिर्मित भवनबाट दिउँसो सवा १२ बजे माद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।

डा. युवराज खतिवडा प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकारमा नियुक्त भएपछि एक साता अघि रोकिएको मौद्रिक नीति आज सार्वजनिक गर्न लागिएको हो । राष्ट्र बैंक सञ्चालक समितिमा गत शुक्रबार नै मौद्रिक नीतिमा सामान्य छलफल भएको थियो । तर, राष्ट्र बैंकको गभर्नरसमेत रहिसकेका डा. खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार बनेपछि मौद्रिक नीतिमा उनका सुझावलाई समेत लिन केही दिन रोकिएको थियो ।

मौद्रिक नीति सार्वजनिक गर्न आज केन्द्रीय बैंकले बोर्ड बैठक डाकेको छ । आर्थिक वर्ष २०८१/८१ को मौद्रिक नीति सम्बन्धमा र केन्द्रीय बैंकको आर्थिक वर्ष २०८०/८१ को प्रारम्भिक वित्तीय विवरणमाथि छलफल गर्न एजेण्डासहित बोर्ड बैठक आह्वान भएको हो ।

अहिले मौद्रिक नीति मार्फत बजारमा मुद्राको प्रवाह ‘बजार चलायमान बनाउने’ मौद्रिक नीतिको ल्याउनुपर्ने चौतर्फी आवाज उठेको बेला केन्द्रीय बैंकको ध्यान पनि त्यतैतर्फ रहेको बताइएको छ ।

मौद्रिक नीतिले सेय धितो र घरजग्गा कर्जामा लचकता अपेनाउने अपेक्षा गरिएको छ । ५० लाखभन्दा माथिको सेयर धितो कर्जामा १२५ प्रतिशत रहेको जोखिम भार घटाउने, ट्रस्ट रिसिप्टलगायतका आयात कर्जाको जोखिम भार घटाएको अवस्थामा पनि कर्जा लगानीका लागि केही आधार बन्नसक्ने बैंकर्स बताउँछन् ।

त्यस्तै, सेयर धितो कर्जाको व्यक्तिगततर्फ १५ करोड र संस्थागततर्फ २० करोडको सीमामा पुरावलोकन गर्नुपर्ने माग उठिरहेको छ । राष्ट्र बैंकले कर्जा नीति बनाउनुपर्ने र सेयर बजारमा लगानी गर्ने नीति धितोपत्र बोर्डले नै बनाउने भएकाले त्यस किसिमको सीमा राष्ट्र बैंकले तोक्न नहुने डा. युवराज खतिवडाले नै बताउँदै आएका छन् । खतिवडाले मौद्रिक नीतिमा चासो देखाएकाले त्यसमा परिमार्जन हुने अपेक्षा धेरैको देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }