आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रामेछापको गोकुलगंगा–६, फर्पुमा पहिरो, तीन जनाको मृत्यु


  • माउन्टेन खबर
  • शुक्रबार, साउन ११, २०८१
  • 37
    SHARES

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । बिहीबार साँझ गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पहिरो गएको हो ।

पहिरोमा पुरिएर स्थानीय १३, १५ र १७ वर्षीया किशोरीको मृत्यु भएको रामेछाप प्रहरीले जनाएको छ । १७ वर्षीया सीता तामाङ, १५ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

पहिरोको जोखिममा रहेका केही घरका स्थानीयको उद्धार भएको छ ।

रामेछाप प्रहरीका अनुसार खेतमा काम गरेर चाँडै घर फर्किएका तीन जनालाई घरसँगै पहिरोले छोपेको हो । उद्धारका लागि प्रहरीको टोली रातिदेखि नै सक्रिय भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }