आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा शिवराज अधिकारी नियुक्त


  • माउन्टेन खबर
  • बिहिबार, साउन १०, २०८१
  • 42
    SHARES
काठमाडौँ-  सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सदस्यहरुको मनोनयन गरेको छ ।
मन्त्रिपरिषदको आजको बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पाल्पाका डा शिवराज अधिकारीलाई नियुक्त गरेको छ। अधिकारी त्रिभुवन विश्वविद्यालयमा अर्थतन्त्रका प्राध्यापक हुनुहुन्छ ।
यसैगरी, बैठकले आयोगका सदस्यहरुमा डा आरपी बिछार, डा रमेशप्रसाद सिंह, डा प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीलाई नियुक्त गरेको छ ।
यसैगरी, सरकारले नेपाल सरकारको  कायम मुकायम मुख्य सचिव लिलादेवी गड्तौलालाई मुख्य सचिवमा नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }