आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सभापतिले बोल्न नदिएको भन्दै पूर्वमन्त्री किरातीले गरे छलफल बहिष्कार


  • माउन्टेन खबर
  • बिहिबार, साउन १०, २०८१
  • 44
    SHARES

काठमाडौँ । पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पूर्वमन्त्री सुदन किरातीले छलफल बहिष्कार गरेका छन् । बिहीबार बसेको बैठकमा समितिका सभापति राजकिशोर यादबिच भनाभन भएपछि किराती बिचैबाट उठेर हिँडेका हुन् ।

आज समितिमा नेपालको हवाई सुरक्षालगायतको विषयमा छलफल थियो । विषयवस्तुमा केन्द्रित हुँदै छलफलमा भाग लिँदै गर्दा सभापति यादवले किराँतीलाई बिचमै रोकेका थिए । त्यतिबेला सभापतिले टेक्निकलमा केन्द्रित हुन आग्रह गर्दै भनाइ छोट्याउन भनेका थिए ।

यसलगत्तै आक्रोशित भएका पूर्वमन्त्री किरातीले आफू विषयवस्तुमा नै केन्द्रित भएर भनाइ राखेको बताए ।उनले भने,’सभापतिज्यू म त कुनै टेक्निसियन होइन नि, कुनै जहाज चलाउने पाइलट पनि होइन नि । फेरि म कसरी टेक्निकल विषयमा बोल्न सक्छु? म त राजनीतिक प्राणी हो नीतिगत पक्षमा बोल्ने हो ।’

थप बोल्न नदिएपछि किरातीले समितिको बैठक नै बहिष्कार गरेर हिँडेका हुन् । सभापतिले सम्बन्धित मुद्दामा बोल्न नदिएर अत्याचार गरेको उनको आरोप छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }