आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पेरिस ओलम्पिक: मोरक्कोसँग अर्जेन्टिना पराजित


  • माउन्टेन खबर
  • बिहिबार, साउन १०, २०८१
  • 45
    SHARES

एजेन्सी । पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलअन्तर्गत समूह ‘बी’ को खेलमा मोरोक्कोले अर्जेन्टिनालाई २–१ पराजित गरेको छ । विवाद र अन्योलबीच खेल सकेको दुई घण्टापछि अर्जेन्टिना हारेको निर्णय सुनाइएको थियो । खेल सकिएको दुई घण्टापछि रङ्गशाला खाली गराई मोरक्कोले खेल जितेको निर्णय दिइएको हो ।

अर्जेन्टिना र मोरक्कोबीचको खेल इन्जुरी समयमा २-२ बराबरी भएको थियो । विवादित भएको खेलको दोस्रो हाफमा १६ मिनेट इन्जुरी समय थपिएको थियो । जुन इन्जुरी समयको अन्त्यमा अर्जेन्टिनाका मेडिनाले बराबरी गोल गरेका थिए ।

उक्त गोललाई लिएर मोरक्कोका खेलाडीले विरोध गरेका थिए भने कतिपय मोरक्कोका समर्थक मैदान प्रवेश गर्दा स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको थियो। स्थिति तनावग्रस्त भएपछि खेलाडीहरूले मैदान छाडेका थिए। आयोजकले सबै दर्शकलाई रंगशाला छाड्न भनेको थियो ।

दुई घन्टापछि मेडिनाले गरेको उक्त गोल भिडिओ असिस्टेन्ट रेफ्री (भिएआर) मार्फत् अमान्य रहेको घोषित गरिएको थियो । रिभ्यूमा हेर्दा मेडिनाभन्दा अगाडि एक खेलाडी अफसाइड पोजिसनमा देखिए ।  त्यसपछि तीन मिनेट बिनादर्शक खेल सञ्चालन गर्दा कुनै गोल गर्न नसक्दा अर्जेन्टिना खेलमा २–१ गोलले पराजित भयो ।

मोरक्कोका लागि सौफियानले दुवै गोल गरेका थिए। उनले पहिलो हाफको इन्जुरी समयमा पहिलो गोल गर्दा ५१ मिनेटमा पेनाल्टीबाट अग्रता दोब्बर पारेका थिए । अर्जेन्टिनाका लागि सिमोनले ६८ मिनेटमा गोल गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }