आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सडक विभागका ईन्जिनियर खतिवडाको ‘प्रेम कहानी’


  • माउन्टेन खबर
  • बिहिबार, साउन १०, २०८१
  • 58
    SHARES

काठमाडौं । कविता, गीत तथा गजल लेखनमा सक्रिय रहेका ईन्जिनियर प्रमोद खतिवडाको रचनामा ‘प्रेम कहानी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

नेपाल सरकारको निजामती सेवा अन्तर्गत सडक विभागमा कार्यरत रहेका ईन्जिनियर प्रमोद खतिवडाले प्रेम वियोगलाई समेटेर ‘प्रेम कहानी’ बोलको आफ्नो रचनाको पाँचौ गीतको भिडियो सार्वजनिक गरेका छन् ।

चर्चित गायक तथा सफल संगीतकार सबिन लिम्बुको स्वर तथा संगीत रहेको यो गीत एकोस्टिक नेपालको स्टुडियोमा रेकर्ड गरिएको हो । उक्त गीतको शब्दमा माया, प्रेमको   तिर्सना, छटपटी र प्रेम वियोगलाई समेटिको छ ।

एफोरए ईन्टरटेनमेन्ट युटुभ च्यानलबाट हालै भिडियो सार्वजनिक गरिएको उक्त म्यूजिक भिडियोको निर्देशन तथा सम्पादन युवाराज खत्रीले गरेका हुन भने छायाँकन सुजन श्रेष्ठले गरेका छन् ।

उक्त म्यूजिक भिडियोमा कलाकार मुक्ति उप्रेती र सीया क्षेत्रीको उत्कृष्ट अभिनय रहेको छ । सो म्यूनिक भिडियोलाई बजारमा ल्याउन महत्वपूर्ण भूमिका आयुब केसीको रहेको गीतकार ई. खतिवडाले उल्लेख गरे । आफ्नो अन्य गीतहरुको तुलनामा ‘प्रेम कहानी’को म्यूजिक भिडियो उत्कृष्ट बनेको गीतकार ई. खतिवडाले बताए । आफ्नो रचनाहरुमध्ये उत्कृष्ट लागेको यो गीत सर्वाधिक रुचाइने दावी समेत गीतकार ई. खतिवडाको छ ।

स्मरण रहोस्, उत्कृष्ट कविता, गीत तथा गजल लेखनमा कृयाशिल गीतकार ई. खतिवडा हालै भएको निजामती कर्मचारी संगठनको गजल प्रतियोगितामा समेत दोस्रो भएका थिए ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }