आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अश्लील सामग्री भाइरल भएपछि ‘बिग बोस ओटीटी–३’ विवादमा


  • माउन्टेन खबर
  • बुधबार, साउन ९, २०८१
  • 54
    SHARES

एजेन्सी । भारतीय लोकप्रिय रियालिटी शो ‘बिग बोस ओटीटी’को तेस्रो सिजन हाल जियो सिनेमामा स्ट्रिम भइरहेको छ ।

लगातार झगडाका कारण यो शो विवादमा परेको थियो, यसैबीच शोका वर्तमान प्रतियोगी अरमान मलिक र उनकी श्रीमती कृतिका मलिकको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

भिडियोमा दुवै जना घरमा रोमान्स गरिरहेको देख्न सकिन्छ । भिडियो भाइरल भएपछि शिवसेना नेतृ तथा पार्टी प्रवक्ता डा मनिषा कन्यान्देले बिग बोसका निर्माताहरूमाथि अश्लील सामग्री प्रस्तुत गरेको आरोप लगाएकी छन् र कानुनी कारबाहीको माग गरेकी छन् ।

विवादको बीचमा, जियो सिनेमाले एक आधिकारिक बयान जारी गरेको छ, जसमा निर्माताहरूले शोविरुद्ध लगाइएको आरोप निराधार भएको बताएका छन् ।

जियो सिनेमाको आधिकारिक विज्ञप्तिमा हालै भनिएको छ, ‘जियो सिनेमा एपले स्ट्रिम गरिएका सबै प्रकारका सामग्रीको गुणस्तरलाई नजिकबाट निगरानी गर्दछ, यसका लागि कडा प्रोग्रामिङ मापदण्ड र दिशानिर्देशहरू छन् । यसमा स्ट्रिम हुने हरेक प्रकारका विषयबस्तुमा त्यस्तो कुनै सामग्री छैन । प्रसारित गरिएको अश्लील सामग्री सहितको भिडियो क्लिप सम्पादन गरिएको र नक्कली हो । हामी जियो सिनेमाको अखण्डता र हाम्रा दर्शकहरूको विश्वासको रक्षा गर्छौं । यस्ता फेक भिडियोको आगमन ठूलो चिन्ताको विषय हो ।’

जियो सिनेमाले जारी गरेको विज्ञप्तिमा यो पनि स्पष्ट गरिएको छ कि जियो सिनेमाको टोली नक्कली भिडियो बनाउने व्यक्तिको खोजीमा छ । बिग बोस ओटीटीको छवि बिगार्ने व्यक्ति विरुद्ध कानुनी कारबाही गरिनेछ ।

बिग बोसको तेस्रो सिजन ओटीटी विवादले घेरिएको छ । केही समयअघि आफ्नी श्रीमती कृतिकामाथि आपत्तिजनक टिप्पणी गरेको भन्दै अरमान मलिकले विशाललाई थप्पड हानेका थिए । अरमानलाई शोको एउटा महत्वपूर्ण नियम उल्लङ्घन गरेर पनि शोबाट हटाइएन, त्यसैले शोका फ्यानहरूले निर्मातामाथि विभेद गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }