आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गाविस अध्यक्ष देखि मुख्यमन्त्री सम्म


  • माउन्टेन खबर
  • मङ्लबार, साउन ८, २०८१
  • 85
    SHARES

बागमती ।नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा(तामाङ) बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा विसं २०२७ कात्तिक ८ गते जन्मिनुभएका नवनियुक्त मुख्यमन्त्री लामा बागमती प्रदेशको पाँचौँ मुख्यमन्त्री बन्नुभएको छ । स्व दीपबहादुर लामा तामाङ र स्व पूर्णिमाया लामा तामाङको सन्तान बहादुरसिंह कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको राजनीति गर्दै मूल पार्टीको राजनीतिमा होमिनु भएका नेपाली कांग्रेसका केन्द्रीय समिति सदस्य हुनुहुन्छ ।

सामान्य परिवारमा जन्मिनुभएका लामा गाउँकै विद्यालयबाट आधारभूत शिक्षा हासिलगरी नुवाकोटको सदरमुकाम विदुरस्थित माध्यमिक विद्यालयबाट प्रवेशिका तथा काठमाडौँको शङ्करदेव क्याम्पसबाट स्नातकसम्मको उच्च शिक्षा हासिल गर्नुभएको छ ।

सानैदेखि अब्बल र हक्की स्वभावका लामा विसं २०४३ मा नेविसङ्घको शङ्करदेव क्याम्पस इकाइ सभापति र २०४५ सालमा नेविसङ्घको क्षेत्रीय सभापति हुनुभएका लामा त्यसपछि नेपाली कांग्रेस नुवाकोटका जिल्ला उपसभापति हुनुभएको थियो ।

निरन्तर राजनीतिमा सक्रिय रही जनतामाझ लोकप्रिय बहादुरसिंह २०५४ सालको स्थानीय निर्वाचनमा नुवाकोटको तत्कालिन मनकामना गाविसको अध्यक्षमा निर्वाचिन हुनुभएको थियो ।

गत २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नुवाकोट क्षेत्र नं ३ बाट पराजित उहाँ २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नेकपा ९माओवादी केन्द्र० का तत्कालीन महासचिव पोष्टबहादुर बोगटीलाई पराजित गर्दै संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

गत २०७४ सालमा समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य हुनुभएका बहादुरसिंह २०७९ सालको प्रदेशसभा निर्वाचनमा नुवाकोटबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । कांग्रेस संसदीय दलका नेता उहाँ मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री बन्नुभएको थियो । निर्माण व्यवसायीका रुपमा समेत परिचित बहादुरसिंह तामाङ समुदायबाट पहिलो र एक्लो मुख्यमन्त्री बन्न सफल हुनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }