आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एसिसि महिला एसिया कप

भारतले नेपाललाई जीतका लागि दियो एक सय ७९ रनको लक्ष्य


  • माउन्टेन खबर
  • मङ्लबार, साउन ८, २०८१
  • 51
    SHARES

काठमाडौँ ।  एसिसि महिला एसिया कप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले नेपाललाई जीतका लागि एक सय ७९ रनको लक्ष्य दिएको छ ।

श्रीलङ्काको दाम्बुलामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै एक सय ७८ रनको योगफल बनायो । भारतका लागि ओपनर शफाली वर्माले सर्वाधिक ८१ रनको योगदान दिइन् । उनले ४८ बलमा १२ चौका र एक छक्कासहित ८१ रन बनाएकी हुन ।

यस्तै अर्की ओपनर दयालन हेमालथाले ४२ बलमा पाँच चौका र एक छक्कासहित ४७ रन जोडिन् । जेमिमाह रोड्रिगेजले २८ रन बनाउदा सजीवन सजनाले १० तथा ऋचा घोषले छ रन जोडिन् ।

नेपालका लागि सीता रानामगरले दुई र कविता जोशीले एक विकेट लिइन् । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }