आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

महिला एशिया कप :आज नेपालले भारतको सामना गर्दै


  • माउन्टेन खबर
  • मङ्लबार, साउन ८, २०८१
  • 50
    SHARES

काठमाडौं- श्रीलंकामा जारी महिला एशिया कपको समूह चरणको आफ्नो अन्तिम खेलमा आज नेपालले भारतको सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ७:१५ बजे श्रीलंकास्थित दाम्बुला स्टेडियममा हुनेछ ।

एक-एक खेल बाँकी रहँदा समूह ए मा नेपाल र पाकिस्तानको समान २-२ अंक छ । भारतले दुइ खेल जितिसकेको छ भने युएईले दुई खेलमा हार बेहोरेको छ ।

एकमा जित र एकमा हारसहित अङ्क तालिकाको तेस्रो स्थानमा रहेको नेपालले सेमिफाइनलको यात्रा तय गर्न आजको खेलमा भारतलाई हराउनुपर्ने बाध्यता छ ।

समान अंक जोडेपनि नेपाल तेस्रो स्थानमा झरेकोले आफ्नो खेलको अतिरिक्त आजै हुने पाकिस्तान र युएईबीचको खेलको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ ।

समूह चरणको अन्तिम खेलमा पाकिस्तानले आजको पहिलो खेलमा युएई विरुद्ध खेल्नेछ । आजको सो दुई खेलको नतिजाले समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुग्ने टोलीको निर्धारण गर्नेछ । पाकिस्तानले युएई विरुद्ध जित हासिल गरेमा नेपालले भारतलाई हराउनैपर्ने हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }