आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिका निवासी गीतकार राम लामा अविनाशीले पाए श्री आमा नेशनल अवार्ड २०८१को सर्वोत्कृष्ट गीतकार अवार्ड


  • माउन्टेन खबर
  • मङ्लबार, साउन ८, २०८१
  • 82
    SHARES

काठमाडौँ । आमा तिलकुमारी मिडियाद्वारा आयोजित श्री आमा नेशनल अवार्ड २०८१मा अमेरिका निवासी साहित्यकार तथा गीतकार राम लामा अविनाशीले अवार्ड हात परेका छन् । सर्वोत्कृष्ट गीतकार २०८१ मा उनको “आफु गयौ नेटो काटी” बोलको गीत छनौटमा परेको थियो ।

उक्त गीतका सङ्गीतकार शक्ती बल्लभ, संगीत सँयोजन मनोहर सुनामको र स्वर अन्जुपन्तको रहेको छ भने म्युजिक भिडियोमा निर्माता, निर्देशक तथा नायक आकाश अधिकारी र उमा गिरीको कुशल अभिनय रहेको छ ।

उक्त कार्यक्रम शनिबार चलचित्र विकास बोर्डको हलमा सम्पन्न भएको थियो । मिडियाकी अध्यक्ष समुन्द्र सुवेदी भण्डारीको सभापतित्व तथा पूर्व सभामुख अग्नी प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा अवार्ड कार्यक्रम सम्पन्न भएको हो।

प्रिन्सुदेखि मिथिला शर्मालाई अवार्ड

यसवर्षको आमा नेशनल अवार्ड २०८१ बाट बाल कलाकारमा प्रिन्सु पोखरेल, लोकप्रिय निर्देशकमा घनश्याम लामिछाने, सामाजिक टेलि चलचित्रमा राजु पौडेल (राजु मास्टर) हाँस्य टेलि चलचित्रमा मरिचमान श्रेष्ठ (बल्छी धु्बे) सिनियर अभिनेतामा देशभक्त खनाल, सिनियर अभिनेत्रीमा मिथिया शर्मा, लोकप्रिय नायकमा नाजिर हुसेन, लोकप्रिय गायकमा पशुपति शर्मा, लोकप्रिय गायिकामा स्मिता दाहाल, टेलिसिरियल कथा पटकथा संवाद्मा रामचन्द्र बोहोरा (बुहारी) र नेत्र रावत (कमेडी सिरियल) सम्मानित भएका छन् ।

यसैगरी, लोकप्रिय कमेडियनमा अर्जुन घिमिरे (पाँडे) र बेगम नेपाली, चरित्र अभिनेत्रीमा सरस्वती फुँयाल, सामाजिक टेलिसिरियलमा आशा खड्का, साहित्यकारमा भिष्मराज फुलारा, नव निर्देशकमा मनोहर भण्डारी (म्युजिक भिडियो) नव नायकमा सुमन पौडेल, कार्यक्रम सञ्चालनमा दिपेन्द्र शाही, भिडियो सम्पादकमा रविन भट्ट, छायाङकनमा नविन केसी, पब्लिसिटी डिजाइनरमा दिवस हुमागाइँ, चलचित्र पत्रकारमा प्रकाश सुवेदी, पर्यटन गीतमा डा. राजन विनायक पासा, गीतकारमा राम लामा अविनाशी, इभेन्ट म्यानेजर रमेश श्रेष्ठ, सर्ट फिल्म अभिनेतामा गोकुल विसी र व्यवस्थापकमा केशव काजी बाँनियाले अवार्ड जितेका छन् ।

भुवन चन्द, सापकोटा र भण्डारीलाई विशेष सम्मान

यस वर्षको श्री आमा नेशनल अवार्ड कार्र्यक्रममा पहिलो नायिका भुवन चन्द, पर्यटनविद् ऋषिराम भण्डारी र रामप्रसाद सापकोटा (कमल) विशेष सम्मानबाट सम्मानित भए । यसैगरी, चलचित्र निर्देशक राजु गिरी, सुरज खनाल, ओम प्रकाश राई, देउडा गायक दिपेन्द्र प्रसाद दाहाल, कलाकार सन्दीप वाग्ले, कोरियोग्राफर सुमन सागर केसी, छाँयाङकनमा राहुल राई, सुमित राई, सुमन खनाल, नव नायक सन्तोष अधिकारी, मोडल विजय पुन, कलाकार लेखराज भुषाल, पत्रकार अमृत पौडेल र गोपी कृष्ण चापागाइँ सम्मानित भएका छन् ।

यस वर्षको अवार्ड कार्यक्रको जुरी समुहमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, शिक्षाविद् तथा सरस्वती क्याम्पसका प्राचार्य डा. गोलमान गुरुङ, अन्नपूर्ण पोस्टका सम्पादक अखण्ड भण्डारी र कार्यक्रम संयोजक दिवाकर भण्डारी रहेका थिए ।

निवर्तमान सभामुख अग्नी सापकोटाले यति राम्रो र सब्य अवार्ड कार्यक्रम आयोजना गरेको प्रति आमा तिलकुमारी मिडिया र संयोजक भण्डारीको खुलेर प्रशंसा गरेका थिए । कार्यक्रममा पूवी रुकुमको तकसेरा समाजको पञ्चे बाजासहित विभिन्न साँस्कृतिक र सांगीतिक प्रस्तुती रहेको थियो। कार्यक्रम दुर्गाराज पाण्डेले सञ्चालन गरेका थिए । आइटी म्यानेजर दिवस हुमागाईं रहेका थिए ।

अवार्ड पाउँन सफल गीत सुन्नका लागी यहाँँ क्लिक गर्नु होला :

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }