आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मृत आमाको कोखबाट नवजात शिशुको उद्धार


  • माउन्टेन खबर
  • सोमवार, साउन ७, २०८१
  • 49
    SHARES

काठमाडौं- इजरायली आक्रमणमा घाइते भएकी एक आमाको कोखबाट एक नबजात शिशुलाई जीवितै उद्धार गरिएको गाजास्थित एक अस्पतालले जनाएको छ ।

हमास प्रशासित क्षेत्रमा भएको क्षेप्यास्त्र आक्रमणमा एकै परिवारका छ सदस्यसहित २४ जनाभन्दा बढीको मृत्यु भएको र त्यसमा एक नौ महिनाकी गर्भवती ओला अदनान हर्ब अल कुर्द पनि रहेको बताइएको छ ।

सर्जन अकरम हुसेनका अनुसार कुर्द अल अवदा अस्पताल पुग्दासम्म मृत्यु भइसकेको थियो । चिकित्सकहरूले आमाको मृत्यु भइसकेको थाहा पाएपछि अल्ट्रासाउन्ड गर्दा बच्चाको मुटुको धड्कन चलिरहेको पाएपछि तत्काल शल्यक्रिया गरी पेटभित्रको नवजात शिशुलाई सकुशल उद्धार गरेका थिए ।

“हामी (चिकित्सक र स्वास्थ्यकर्मीको उपलब्ध टोली) ले तुरुन्तै आपतकालीन शल्यक्रिया गरी भ्रूणलाई सकुशल मृत आमाको पेटबाट निकाल्न सफल भएका छौँ,” ती सर्जन हुसेनले एएफपीसँग भन्नुभयो ।

अस्पतालको प्रसूति तथा स्त्रीरोग विभागका प्रमुख रैद अल साउदीका अनुसार नवजात शिशुको अवस्था सुरुमा गम्भीर थियो, तर अक्सिजन र उपचारपछि उनको उपचार स्थिर छ ।

शिशुलाई ‘इन्क्युबेटर’ मा राखी थप रेखदेख र उपचारका लागि देइर अल–बलाहको अल–अक्सा अस्पतालमा स्थानान्तरण गरिएको छ ।

मध्य गाजास्थित नुसिरात शरणार्थी शिविरमा इजरायली क्षेप्यास्त्र प्रहारबाट कुर्दसहित तीन महिला र एक बालकको मृत्यु भएको अल अवदा अस्पतालका एक मेडिकल अधिकारीले जानकारी दिनुभएको छ । उहाँको घरमा भएको आक्रमणमा मृत महिलाका पति पनि घाइते भएको अस्पताल स्रोतले जानकारी गराएको छ ।

इजरायलले आक्रमण र व्यक्तिगत क्षतिबारे पुष्टि गरेको छैन तर सेनाले जारी गरेको विज्ञप्तिमा मध्य गाजामा रहेका आतङ्कवादी संरचनास्थलमा सेनाले लक्षित आक्रमण गरिरहेको उल्लेख गरिएको छ ।

गत अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूहले दक्षिणी इजरायलमा गरेको आक्रमणपछि हमासमाथि दबाब बढाउन इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले दिएको आदेशअनुसार इजरायलले उक्त क्षेत्रका विभिन्न भागमा आक्रमण तीव्र पारेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }