आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाललाई जितको लागि एक सय १६ रनको लक्ष्य


  • माउन्टेन खबर
  • शुक्रबार, साउन ४, २०८१
  • 66
    SHARES

काठमाडौँ । महिला एसिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई जितको लागि एक सय १६ रनको लक्ष्य दिएको छ ।

श्रीलंकाको डम्बुलामा टस हारर पहिला ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रन बनायो ।

यूएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन बनाइन् । कविसा एगोडेगले २२ रन बनाउदा समाइरा धरनिधरकाले १३ र कप्तान एसा ओजाले १० रन जोडे । यूएईका अन्य खेलाडिले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको लागि कप्तान इन्दू बर्माले सर्वाधिक तीन विकेट लिइन् । उनले चार ओभरमा १९ रन खर्चिइन् । सबनम राई, कृतिका मरासिनी र कविता जोशीले पनि एक–एक विकेट हात पारे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }