आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

६७ औं १२ वर्षे शेल रिवो डुग्ङ्का (शे) मेलाको तयारी अन्तिम चरणमा


  • माउन्टेन खबर
  • शुक्रबार, साउन ४, २०८१
  • 91
    SHARES

काठमाडौँ। डोल्पाको शे फोक्सुण्डो गाउँपालिका ३ स्थित शेल सुम्दो गुम्बामा अयोजना गरिने ६७ औं १२ वर्षे शेल रिवो डुग्डा (शे) मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। मेलाका बारेमा जानकारी दिन विहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्टुक गुरुङले यसबारे जानकारी दिएका हुन ।

भदौ १६ गते देखि २१ गतेसम्म ६ दिन शेल सुम्दो गुम्झामा आयोजना गरिने उक्त मेलामा धार्मिक प्रवचन देखि सांस्कृतिक कार्यक्रम, घोडा दौड लगायतका उपल्लो डोल्पाको जनजीवन झल्कने विभिन्न गतिविधि सञ्चालन हुने आयोजकले बताएका छन् । मेलाको अवसरमा तिलगङ्गा आखाँ प्रतिष्ठानसँग सहकार्यमा निशुल्क आँखा उपचार तथा शल्मक्रिया देखि स्वास्थ्योपचार लगायतका शिविर समेत राखिने अध्यक्ष गुरुङले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गुरुङले विकास र सहजताका हिसाबले डोल्मा पछाडि रहेपनि पर्यटनको सम्भावनाका आधारमा नेपालकै महत्वपूर्ण गन्सव्य भएको बताए। उनले भने, साहसिक पर्यटनको लागि डोल्पा हिडनल्याण्ड हो। अध्यक्ष गुरुङले शेल रिवो डुग्ड्रा मेलाले डोल्माको बहुसांस्कृतिक पक्षलाई थप उजागर गर्ने विश्वास लिएको बताउँदै भने, बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिक रुपमा विविधता भएकोले डोल्पामा जाने पर्यटकहरूले विविध अनुभुति हासिल गर्न सक्छन् ।

खस तथा मस्ट्रो संस्कृति, तरालि संस्कृति, डोल्पो संस्कृति, बोन तथा बुद्ध धर्म, खस भाषा, काइके भाषा, तिछुरोङ पोइके, डोल्पो भाषा लगायत त्रिपुरासुन्द्री मन्दिर, व्यास तपोभूमि आदीबाट अलौकिक अनुभुति लिन सकिने आयोजकले बताएका छन्। ऐतिहासिक शेल रिवो डुग्ङ्का शे मेलाको अवसरमा करिव १५ हजारभन्दा बढि मानिसहरको उपस्थिति हुने अपेक्षा आयोजकले गरेका छन् । मेलाको लागि आवश्यक पर्ने खानेपानी, अस्थायी आवास, शौचालय तथा अन्य संरचनाहरूको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।

६७ औं १२ वर्षे शेल रीवो डुग्डू (शे) मेला २०८ १ मुल आयोजक समिति र शे फोक्सुण्डो गाउँपालिका, डोल्पो बुद्ध गाउँपालिका तथा छार्काताङसोङ गाउँपालिकाले सह आयोजकका रुपमा यो मेलाको आयोजना गर्न लागेका हुन । प्रचार प्रसार समितिका संयोजक तथा शे फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङछेन गुरुङले ऐतिहासिक यो मेलालाई सफल बनाउन र यसको प्रचार प्रसार गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको बताउँदै यसले डोल्पाको मात्रै नभएर सिङ्गो नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान मिल्ने बताए। उनले भने, यो केवल मेला मात्रै नभई विश्व सामु हाम्रो भूगोल, सांस्कृतिक, कला, ऐतिहासिक मुल्या मान्याताका महत्वपूर्ण धार्मिक तथा प्राकृतिक सुन्द्रतालाई भरपुर प्रयोगमा ल्याई डोल्पाको भविष्यसँग जोडिएको एउटा महत्वपूर्ण क्षण पनि हो। त्यसैले यसलाई सफल बनाउन सबैको साथ र सहकार्यको खाँचो छ ।

कार्यक्रममा प्रमुख अतिथि सङ्घीय सांसदकी उप सभामुख इन्दिरा गुरुङले डोल्मा प्राकृतिक रुपमा निकै सुन्द्र रहेको बताउँदै यस्मा धार्मिक मेला र पर्वले त्यहाँको धर्म, संस्कृति र जनजीवनका बारेमा बुझ्म थप सहज हुने बताइन ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिम्मत सिंह ऐरले पर्यटन विकासका हिसावले निकै महत्वपूर्ण मानिएको डोल्पामा हुन गइरहेको यो मेला धार्मिक महत्व‌का हिसावले मात्रै नभएर सास्कृतिक हिसावले पनि उत्तिकै महत्वपूर्ण रहेको बताए । उनले भने, यस्मा मेलाको प्रचार प्रसार गर्न सके यसले पर्यटन विकासमा कोशेढुंगाको काम गर्न सक्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }