आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस र लोसपा मधेस सरकारमा शामिल


  • माउन्टेन खबर
  • बिहिबार, साउन ३, २०८१
  • 54
    SHARES

मधेस प्रदेश।    लामो रस्साकस्सीपछि नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस सरकारमा शामिल भएको छ । जनमत नेतृत्वको मधेस सरकारलाई समर्थन दिएको कांग्रेस र लोसपाका मन्त्रीहरुले शपथ लिएसंगै मधेस सरकारमा शामिल भएको हो ।

मधेस सरकारमा कांग्रेसबाट ४ जना र लोसपाबाट १ जना सहभागी भएका छन् । कांग्रेस र लोसपाबाट नवनियुक्त मन्त्रीहरुलाई बिहिबार साँझ प्रदेश प्रमुख सुमित्रा सुवेदीले शपथ ग्रहण गराएका हुन् ।

कांग्रेसबाट अर्थमन्त्रीमा रौतहटका सुनिलकुमार यादव, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रीमा पर्साका जनार्दन क्षेत्री, उर्जा सिँचाइ तथा खानेपानी मन्त्रीमा धनुषाका शेषनारायण यादव र श्रम तथा यातायात मन्त्रीमा सर्लाहीका कौशलकिशोर रायले शपथ ग्रहण गरेका हुन् ।

लोसपाबाट रानी शर्मा तिवारीले शिक्षा तथा संस्कृति मन्त्रीको शपथ लिएकी हुन् ।

एमालेका राजकुमार लेखीले सो मन्त्रालयको जिम्मेबारी सम्हाल्दै आएका थिए । लेखीलाई गृह सञ्चार तथा कानून मन्त्रालयको जिम्मेबारी दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }