आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सुप्रसिद्ध पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको निधन


  • माउन्टेन खबर
  • बिहिबार, साउन ३, २०८१
  • 66
    SHARES

काठमाडौं । सुप्रसिद्ध पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको निधन भएको छ ।

नेपालको प्रसिद्ध द्वारिकाज होटेलका सञ्चालक रहनुभएकी उहाँको बिहीबार बिहान मेडिसिटी अस्पतालमा निधन भएको हो ।

श्रेष्ठ नेपालको पर्यटन, मिडिया र सांस्कृतिक सम्पदा संरक्षण लगायतका क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । नेपालस्थित स्पेनको महावाणिज्य दूतावासको प्रमुखको रुपमा ररहनुभएकी उहाँको विवाह द्वारिका प्रसाद श्रेष्ठसँग भएको थियो ।

पतिको सन् १९९१ मा निधन भएपछि उहाँले पूर्ण रूपमा द्वारिकाज होटेलको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।

उहाँले महामहिम राजा जुआन कार्लोस प्रथम (स्पेन)बाट क्रस अफ द अर्डर अफ सिभिल मेरिटको अलंकार प्राप्त गर्नुभएको छ ।

उहाँका दुई छोरीहरु हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }