आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बहाब ( लघुकथा )


  • गाेपीराम भण्डारी 'बटुवा'
  • बुधबार, साउन २, २०८१
  • 112
    SHARES

बहाब ( लघुकथा )

पुर्पुराेमा हात लगाएर टोलाएकाे मानबहादुरलाइ टिकारामले साेध्याे -“मन कहाँ पुग्याे दाजै” ? झसङ्ग झस्किएर मुखमा हेर्दै मानबहादुरले भन्यो-“धेरै टाढा होइन हो १९६५ मार्च २१ सम्ममात्र टिकु भाइ ।”

“दाई मैले त कुरा बुझिन नि ?” टिकारामले भने । मनबहादुर फिस्स हाँसेर भन्यो -“मैले नै बुझेको छैन। भाइले कसरी बुझ्ने !” ऊ फेरि टोलायो।टिकारामले पुन:सोध्यो -“दाइ तपाईँलाई सन्चो छैन कि क्या हो ?” बायाँ हातलेआफ्नै निधार समाउँदै भने भाइ संसारै बिरामी छ, मेरो के कुरा ! संयुक्त राष्ट्रसङ्घ १९६५ देखि नेपाल १९७१ देखि गम्भीर बिरामी भएका छन् ।” टिकारामले उत्सुकताकासाथ मानबहादुरलाई सोधे -“दाइ कसरी ?”

मानबहादुर गम्भीर भएर भन्यो-“भाइ, जातीय रङ्गभेद उन्मुलनको घोषणाले के ल‌क्षार्याे र ? व्यवहारमा जिउका तिउँ छ। टिकारामले असहमति जनाउँदै भन्याे-” उहिले उन्मुलित जातीय विभेद अहिले कहाँ भेट्नु भयाे र?झन अहिले त संविधानकाे मौलिक हकमै समावेश छ ।” मानबहादुर फिस्स हाँसेर भने “रङ्गभेद र जातीय विभेद उन्मूलन होइन भाइ, रङ्ग बदलिएको छ । गरिब र धनीको रङ्गमा ,मालिक र कामदारका रुपमा। कामदारभित्र पनि पद र हैसियतकाे रुपमा मौलाएको छ।” मनबहादुरको कुरा सुनेर टिकारामले भन्यो-“बाफ रे बाफ! समाज रूपान्तरणको विपरीत बहाब त मैले हेरेकै रहेनछु। भेदभावले रङ्ग ‌‌बदलेर आकार बढाएकाे !”

-गोपी राम भण्डारी
काभ्रेपलाञ्चोक

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }