आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

उपप्रधान तथा सहरी विकास मन्त्री सिंहले गरे पदभार ग्रहण


  • माउन्टेन खबर
  • सोमवार, असार ३१, २०८१
  • 62
    SHARES

काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतालाई राहत दिने कुरामा जोड दिएर आफूहरुले काम गर्ने बताउनुभएको छ ।

सोमवार शितल निवासमा शपथग्रहण गरेलगत्तै सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्नुभएको उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको हो । जनताको अपेक्षा अनुसार काम नभएको हुनाले नयाँ सरकारले उनीहरुलाई राहत दिने कुरामा जोड दिएर अघि बढनुपर्ने उपप्रधानमन्त्री सिंहको भनाई थियो । उहाँले जनतालाई सुविधा दिने खालको आधुनिक सहर बनाउने कुरालाई प्राथमिकता दिएर काम गर्ने पनि बताउनु भयो ।

उपप्रधानमन्त्री सिंहले भन्नुभयो, अस्थिरताबाट गुज्रिरहेको नेपालको राष्ट्रिय राजनीतिलाई राजनीतिक स्थिरता र स्थायित्वमा परिणत गर्नका लागि अहिले यो पार्लियामेण्टको सबैभन्दा ठूलो दल र सेकेण्ड ठूलो दल मिलेर सरकारको गठन भएको छ । अहिले हामीहरुले यो मन्त्रालयमा म आईसकेपछि यो सहरी विकास मन्त्रालय भएको कारणले गर्दा नेपालको शहरहरुलाई व्यवस्थित गर्नका लागि र अहिलेको आधुनिक मान्यता अनुरुप जनताको चाहना अनुरुप सुविधादिन लायक सहर बनाउनको लागि यो मन्त्रालयको काम, कर्तव्य र अधिकार जे छ, त्यसको सीमा भित्र बसेर यो कामलाई अघि बढाउनेतिर लाग्नुपर्छ । र मुख्य कुरा के हो भन्दाखेरी कि जनतामा अपेक्षा अनुसार काम भएन भन्ने छ । अव यो देशका ठूला दलहरु मिलेर बनाएको यो सरकार भएको कारणले गर्दा हाम्रो ध्यान डेलिभर गर्नेमा काम गर्नुपर्नेमा, जनतालाई राहत दिनुपर्नेमा त्यसमा चाँही विशेष जोड दिएर हामी अगाडि बढनु पर्छ भन्ने लागेको छ । त्यही हो ।

उपप्रधानमन्त्री सिंहले जनतालाई सुविधा दिन लायक शहर बनाउने काममा पनि आफू लाग्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }