आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

राजनीतिक स्थायित्व र भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता: गृहमन्त्री लेखक


  • माउन्टेन खबर
  • सोमवार, असार ३१, २०८१
  • 58
    SHARES

काठमाडौं । नवनियुक्त गृहमन्त्री रमेश लेखकले सरकारको प्राथमिकता राजनीतिक स्थिरता कायम गर्नुभएको बताउनुभएको छ ।

सोमवार गृह मन्त्रालयमा आयोजित स्वागत तथा पदबहाली कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले वर्तमान सरकारको प्राथमिकता राजनीतिक स्थिरता कायम गर्नुभएको बताउनुभएको हो । उहाँले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नु र अर्थतन्त्रलाई उकास्ने काम पनि सरकारको प्राथमिकतामा रहेको बताउनु भयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशितालाई सुदृढ गर्नका लागि संविधानको समिक्षा गर्नु पनि सरकारको प्राथमिकता रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘अहिले नेपाल सरकारको प्राथमिकता भनेको राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने, अर्थतन्त्रमा जुन शिथिलता, संकुचन देखा परेको छ, अर्थतन्त्रलाई क्रियाशील, चलायमान गरेर अर्थतन्त्र उकास्ने । संविधानको समिक्षा गर्ने, मूल्याङ्कन गर्ने । मूल्याङ्कन के प्रयोजनको लागि गर्ने भन्दा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशिता जुन संविधानका मुल तत्वहरु छन्, त्यसलाई सुदृढ गर्नका लागि, बलियो बनाउनका लागि त्यसलाई अगाडी लिएर जानका लागि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढिकरण गर्ने लगायतका कामहरु अहिले सरकारको प्राथमिकता हुन् र त्यो उद्देश्यका साथ यो सरकार गठन भएको छ ।’

गृहमन्त्री लेखकले गृहमन्त्रीको रुपमा आफूले गर्ने काम विधिको शासन, शान्ति व्यवस्था र अपराध नियन्त्रण गर्ने कुरामा केन्द्रीत हुने बताउनु भयो । उहाँले प्राकृतिक प्रकोपको कारण सिर्जित परिस्थितिको सम्बोधन गर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अहिले प्राकृतिक प्रकोपले जुन विषम परिस्थिति उत्पन्न गरेको छ, यसको सम्बोधन गर्ने हाम्रो दायित्व हो । यो मन्त्रालयले विधिको शासन स्थापना गर्ने, देशको शान्ति सुरक्षा, अपराध नियन्त्रणको काममा दत्तचित्त भएर लाग्ने यो मन्त्रालयको काम रहने छ । मेरा सबै कामहरु देशमा विधिको शासन, शान्ति व्यवस्था, अपराध नियन्त्रण गर्ने कुरामा केन्द्रित रहनेछ ।’

गृहमन्त्री लेखकले आफूले इमान्दारिता र निष्ठापूर्वक काम गर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }