आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

युरो कप फाइनल

उपाधिका लागि स्पेन र इंग्ल्याण्ड भिड्दै


  • माउन्टेन खबर
  • आइतवार, असार ३०, २०८१
  • 51
    SHARES

काठमाडौँ । युरो कप २०२४ फुटबल प्रतियोगिताको फाइनल आज हुँदैछ ।

आज मध्यरातमा जर्मनीको बर्लिनस्थित ओलम्पियास्टेडिनमा हुने फाइनल खेलमा उपाधिका लागि स्पेन र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयानुसार राति १२ः४५ बजे सुरु हुनेछ ।

जारी प्रतियोगितामा स्पेन र इंग्ल्याण्ड दुबै अपराजित रहेका छन् । इंग्ल्याण्डले दुई खेल बराबरी खेल्दा स्पेनले भने सबै खेल जित्दै फाइनल पुगेको हो ।

अन्तिम १६ मा स्पेनले जर्जियालाई ४–१ गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको थियो । यस्तै, क्वाटरफाइनलमा जर्मनीलाई २–१ ले हराएको स्पेनले सेमिफाइनलमा फ्रान्समाथि २–१ गोलको जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो ।

अर्कोतर्फ इंग्ल्याण्डले अन्तिम १६ मा स्लोभाकियालाई २–१, क्वाटरफाइनलमा स्वीट्जरल्याण्डलाई पेनाल्टीमा ५–३ तथा सेमिफाइनलमा नेदरल्यान्ड्सलाई २–१ गोलले हराउँदै फाइनलमा पुगेको हो ।

स्पेन आजको फाइनल जितेर चौंथो पटक उपाधि जित्ने दाउमा छ । उसले सन् १९६४, २००८ र २०१२ मा उपाधि जितेको छ ।

यसअघिको संस्करणमा उपविजेतामा चित्त बुझाएको इंग्ल्याण्ड भने पहिलो उपाधि उठाउने दाउमा छ ।

यी दुई टोलीबीच हालसम्म २७ खेल भएको छ । जसमा इंग्ल्याण्डले १४ खेल जित्दा १० खेलमा स्पेन विजयी भएको छ । यस्तै, ३ खेल बराबरी भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }