आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

 इङ्ल्याण्ड युरो कप २०२४ को फाइनलमा प्रवेश


  • माउन्टेन खबर
  • बिहिबार, असार २७, २०८१
  • 57
    SHARES

काठमाडौं- इङ्ल्याण्ड युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । आज बिहान डर्टमुण्डमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इङ्ल्याण्डले नेदरल्याण्ड्सलाई २-१ गोलले पराजित गर्दै आफ्नो फाइनल यात्रा पक्का गरेको हो ।

जाभी सिमोन्सले सातौं मिनेटमै नेदरल्याण्ड्सलाई खेलमा अग्रता दिलाएका थिए । इंग्लिश मिडफिल्डर डेकलान राइसको खुट्टाबाट बल खोसेर बक्सको छेउबाट शक्तिशाली प्रहारमा गोल गर्दै सिमोन्सले डच टोलीलाई अग्रता दिलाएका थिए ।

इङ्ल्यान्डले १८औं मिनेटमा पेनाल्टीमार्फत खेलमा बराबरी गर्यो । डेन्जेल डम्फ्रिजले ह्यारी केन माथि बक्समा फाउल गरेपछि पाएको पेनाल्टीमा केनले नै गोल गर्दै खेल बराबरी गरेका थिए ।

तर खेलको अन्तिम समयमा गोल गर्दै इङ्ल्यान्डले फाइनलमा स्थान पक्का गर्यो । ८१औं मिनेटमा मैदान प्रवेश गरेका दुई खेलाडीले गोलमा महत्वपूर्ण भूमिका खेले । कोल पालमरको पासमा ओली वाटकिन्सले उत्कृष्ट फिनिश गर्दै इङ्ल्यान्डलाई जित दिलाएका थिए ।

इङ्ल्यान्डले अब उपाधिका लागि स्पेन विरुद्ध खेल्नेछ । स्पेनले गएराती सम्पन्न पहिलो सेमीफाइनलमा फ्रान्स विरुद्ध २-१ को जित निकाल्दै फाइनलमा स्थान पक्का गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }