आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

फोनबाट गाली गलौज गर्ने र धम्काउनेलाई पाँच वर्षको जेल


  • माउन्टेन खबर
  • मङ्लबार, असार २५, २०८१
  • 80
    SHARES

काठमाडौं । कुनै व्यक्तिले दूरसञ्चार सेवाको माध्यमबाट गाली गलौज गर्ने धम्काउने वा
अनावश्यक दुःख दिने गरेमा त्यस्तो व्यक्तिलाई सरकारले ५ वर्षसम्म जेल हाल्ने व्यवस्था गर्ने भएको छ।

यसैगरी दूरसञ्चार सेवाको दूरुपयोग गरेमा वा अनधिकृत प्रयोग गरेमा भारी जरिवानाको प्रावधान राखिएको छ।

दूरसञ्चार सेवा भन्नाले दूरसञ्चारको लागि प्रदान गरिने जुनसुकै सेवालाई जनाउने ऐनमा लेखिएको छ। तर यसको थप ब्याख्या भने ऐनमा गरिएको छैन्।

त्यसैले हामीले प्रयोग गर्दै आएका मोबाइल, ल्याण्डलाइन, इमेल, एसएमएस, च्याट लगायतका सबै सेवाहरु यसअन्तरगत समावेश हुनसक्छन्।

दूरसञ्चार ऐन २०८१ को मस्यौदाले दूरसञ्चार सेवाको माध्यमबाट गाली गलौज गर्ने धम्काउने वा अनावश्यक दुःख दिने कार्य गर्ने व्यक्तिलाई पाँचवर्षसम्म कैदको व्यवस्था गरेको छ।

यस्तै गरी त्यस्तो कार्य गर्ने व्यक्तिलाई बिगो बापतको जरिवाना समेत लगाईनेछ।

हालको ऐनले भने यस्तो कार्य गर्नेलाई २५ हजार रुपैयाँसम्म जरिवानाको प्रावधान राखेको छ।

नयाँ मस्यौदा ऐनको दफा ६६ मा दूरसञ्चार सेवाको माध्यमबाट गाली गलौज गर्ने धम्काउने वा अनावश्यक दुःख दिने गरेमा भन्ने उल्लेख छ भने दफा ६७  (ङ)  मा लेखिएको छ- “दफा ६६ को खण्ड (ङ) बमोजिमको कसूर गरेमा कसूरको मात्रा अनुसार हानी नोक्सानीको बिगो असुल गरी बिगो बमोजिम जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय।”

यस्तै अहिलेको ऐनमा २५ हजार सम्मको जरिवानाको व्यवस्था छ।

दूरसञ्चार ऐन २०५३ मा लेखिएकोछ, “कुनै व्यक्तिले दूरसञ्चार सेवाको माध्यमबाट गाली गलौज गर्ने धम्काउने वा अनावश्यक दुःख दिने गरेमा त्यस्तो व्यक्तिलाई प्राधिकरणले पच्चीस हजार रुपैयाँसम्म जरिवाना गरी त्यस्तो सेवा बन्द समेत गराउन सक्नेछ।”

यस्तै दूरसञ्चार सेवाको दूरुपयोग गरेमा वा अनधिकृत प्रयोग गर्नेलाई १ करोड देखि १० करोड रुपैयाँसम्म जरिवाना गरिनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }