आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

ठमेल पर्यटन विकास परिषद्को निर्वाचन असार ३१ मा हुने, भविश्वर शर्मा समूहको उम्मेद्वारी


  • माउन्टेन खबर
  • सोमवार, असार २४, २०८१
  • 302
    SHARES
      काठमाडौँ, २४ असार । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्माले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
    परिषद्को असार ३१ गते हुन लागेको २८ र २९ औँ वार्षिक साधारणसभा तथा अधिवेशनका लागि शर्मा समूहले उम्मेदवारी घोषणा गरेको हो । निर्वाचनको पूर्वसन्ध्यामा आइतबार साँझ आयोजित कार्यक्रममा शर्माले दोस्रो कार्यकालका लागि अध्यक्षको उम्मेदवारी दिन लाग्नुभएको हो ।
  अध्यक्ष शर्माले अघिल्लो कार्यकालका बाँकी काम सम्पन्न गर्नका लागि आफूले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिन लागेको जानकारी दिनुभयो । शर्माले ठमेललाई आन्तरिक र बाह्य पर्यटकको विशेष पर्यटकीय क्षेत्र बनाउनका लागि उम्मेदवारी दिन लागेको बताउनुभयो ।
      शर्मा समूहबाट प्रथम उपाध्यक्षमा सहदेव (विमल) धमला, द्धितीय उपाध्यक्षमा राजीव पाण्डे, तृतीय उपाध्यक्षमा दीपक पुडासैनी, महासचिवमा बद्री तिमल्सिना, सचिवमा पुन्यराम लागेजु र कोषाध्यक्षमा प्रकाश थपलियाले उम्मेदवारी घोषणा गर्नुभयो ।
      कार्यक्रममा बोल्दै वरिष्ठ पर्यटन व्यवसायी दिपक महतले ‘डिजीटल ठमेल’ निर्माणका लागि शर्मा समूहले काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पर्यटन व्यवसायी रमेश धमलाले ठमेलभित्रको स्थानीय रीतिरिवाज र संस्कृतिको जगेर्ना गर्दै ठमेललाई पर्यटकको अनिवार्य गन्तव्यका रूपमा विकास गर्ने विश्वास व्यक्त गर्नुभयो ।
      विस २०४७ सालमा स्थापना भएको ठमेल पर्यटन विकास परिषद्मा हाल दुई हजारभन्दा बढी व्यवसायी तथा घरधनी आबद्ध छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }