सोमवार, असार २४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

राजनीतिक स्थायित्वको नाममा प्रतिगमन स्वीकार्य हुँदैन : मन्त्री श्रेष्ठ


  • माउन्टेन खबर
  • बिहिबार, असार २०, २०८१
  • 22
    SHARES

 

२० असार, चितवन ।

बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले राजनीतिक स्थायित्वको नाममा प्रतिगमन स्वीकार्य नहुने बताएका छन् ।

बिहीबार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारमा संचालित सि।सं। ५ गोताखोर तालिमको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक स्थायित्वको नाममा प्रतिगमन स्वीकार्य नहुने भन्दै दीर्घकालीन राजनीतिक स्थायित्वका लागि मुख्यगरी तीन कुरामा संविधान संशोधन गर्नुपर्ने बताए । उनले विद्यमान मिश्रित निर्वाचन प्रणालीको ठाउँमा प्रत्यक्ष प्रतिस्पर्धासहितको पूर्ण समानुपातिक निर्वाचन प्रणाली बनाउनु पर्ने बताए । त्यस्तै, वर्तमान शासकीय स्वरुप परिवर्तन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली बनाउनुपर्ने उनको भनाई छ । मन्त्री श्रेष्ठले पहिचानको ५ र सामथ्र्यको ४ आधारमा राज्य पुनर्संरचना गर्नुपर्ने पनि बताए ।

मन्त्री श्रेष्ठले सशस्त्र प्रहरी बलले गोताखोरजस्तो सामान्य मानिसले गर्न नसक्ने जोखिमपूर्ण तालिम र तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा प्रयोग गरेर विपद्मा परेका मान्छेको जीवन बचाउने काम गरेको भन्दै प्रशंसा गरे । उनले आगामी दिनमा प्रदेश सरकारले सशस्त्र प्रहरीलाई सहयोग जारी राख्ने बताए । उनले गोताखोर तालिम केवल व्यक्तिगत वृत्तिविकासका लागि मात्र नभई संगठन र जनताप्रतिको जिम्मेवारी र उत्तरदायित्व बहन गर्नु भएको बताए । उनले बाढी, पहिरो र डुवानका समस्याहरुमा आमजनतालाई सेवा प्रदान गर्नको निम्ति पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिए । उनले गोताखोर तालिममा सिकेका सिपको अधिकतम प्रयोग गर्न पनि जोड दिए ।

पाँच हप्ता अवधिको उक्त तालिममा १९ सशस्त्र प्रहरी कर्मचारी सहभागी रहेका थिए । तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई चितवनको कुरिन्टारस्थित त्रिशुली नदी, कास्की जिल्लाको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोशी नदीमा तालिमको अभ्यास गराईएको थियो । गोताखोर तालिम प्राप्त जनशक्तिलाई थप विस्तार गर्दै लैजाने उद्देश्य अनुरुप २०७६ सालदेखि सशस्त्र प्रहरी कर्मचारीहरुलाई नेपालमा नै पहिलो पटक गोताखोर तालिम प्रदान गर्न सुरु गरेको र हाल सशस्त्र प्रहरी बल नेपालमा ११० जना गोताखोर तालिम प्राप्त जनशक्ति रहेको बताइएको छ । सशस्त्र प्रहरी बल नेपालबाट हालसम्म २ सय ७३ वटा घटनामा परिचालित भई ८ सय २ जनाको जीवितै उद्धार गरिएको र ३ सय १७ वटा शव निकालिएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }