सोमवार, असार २४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेकपा एसको अध्यक्ष, सम्मानित नेता र महासचिवमा नेपाल, खनाल र भुसाल सर्वसम्मत


  • माउन्टेन खबर
  • बिहिबार, असार २०, २०८१
  • 16
    SHARES

 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले अध्यक्ष, सम्मानित नेता र महासचिवमा सर्वसहमतिले नेतृत्व चयन गरेको छ ।

बिहीवार झलनाथ खनाल नेतृत्वको अध्यक्ष मण्डलले माधवकुमार नेपाललाई अध्यक्ष, झलनाथ खनाललाई सम्मानित नेता र घनश्याम भुसाललाई सम्मानित नेतामा चयन गरेको हो । महाधिवेशन हलले सम्मानित नेता खनालले अध्यक्षमा माधवकुमार नेपाल, पार्टीको सम्मानित नेतामा झलनाथ खनाल र पार्टीको महासचिवमा घनश्याम भुसाल सर्वसहमतले चयन भएको घोषणा गर्नुभयो । उहाँले अब २९९ सदस्यहरु भएको केन्द्रिय कमिटी र निश्चित पदाधिकारी चयन गर्न बाँकी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पदहरुमध्ये तीन जना नेताहरु पार्टीको अध्यक्षमा कमरेड माधवकुमार नेपाल, पार्टीको सम्मानित नेतामा कमरेड झलनाथ खनाल र पार्टीको महासचिवमा कमरेड घनश्याम भुसाल । यतिमा हामीले सर्वसहमतिले चयन गरेका छाँै । तपाईंहरुको पनि यसमा सर्वसहमति हो भने फेरि एक पटक हल गुञ्जायमान गरौँ । अझै हाम्रा काम बाँकी छन् । त्यसमध्ये सिंगो केन्द्रिय कमिटीमा २९९ सदस्यहरु भएको केन्द्रिय कमिटी र निश्चित पदाधिकारी चयन गर्न बाँकी छ । त्यसमा पनि सहमति साथ नै गर्नुपर्छ भन्नुभएको छ । अब स्वभाविक रुपले यसले अलिकति समय लिन्छ, त्यसको लागि म्याण्डेट दिनुहोला ।’

उहाँले सचिवालय बैठक बसेर बाँकी काम टुंगो लगाउने बताउनु भयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }