आइतवार, असार २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गिरीजाबाबुको शताब्दी जन्मजयन्तीको अवसरमा अमेरिकामा तरकारी वितरण 


  • माउन्टेन खबर
  • बिहिबार, असार २०, २०८१
  • 101
    SHARES
न्यूयोर्क । नेपाली राजनितिका शिखरपुरूष, शान्ति प्रकृयाका महानायक,नेपाली कांग्रेसका पूर्व सभापति एवम् पुर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको शताब्दी औँ जन्मजयन्तीको अवसरमा अमेरिकाको न्यूयोर्कस्थित ज्याक्सनहाईट्समा तरकारी वितरण गरिएको छ ।
गिरीजाप्रसाद कोईराला फाउन्डेशन अमेरीका शाखाको आयोजनामा क्विन्स टुगेदर, टेष्ट अफ नेपाल रेष्टुरेन्ट, भेराईटी व्वाईज एण्ड गर्लस् क्लव अफ क्वीन्स् र मेट्रोपोलीटान पार्क नामक संस्थाको संयुक्त सहप्रायोजनमा तरकारी वितरण गरिएको हो ।
टेष्ट अफ नेपाल रेष्टुरेन्टको प्रांगणबाट सो वितरण कार्यक्रम गरीएको थियो । लाममा पंक्तिबद्ध करीब २०० स्थानीय आगन्तुकलाई पालैपालो ताजा सागसब्जी एवम् तरकारी वितरण गरिएको फाउण्डेशन अमेरिका शाखाका अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिनुभयो ।
वितरणबाट स्थानीय नेपाली अमेरीकीलगायत, बंगलादेश, भारत, पाकिस्तान, मेक्सीको सहित करीब १४ देशका समुदायबाट ज्याक्सहाईट आई बसोबास गरिएका व्यक्ति लाभान्वित भएका थिए ।
कार्यक्रममा फाउन्डेशन अमेरीका च्याप्टरका उपाध्यक्ष सुवर्ण लामा, प्रवक्ता रामचन्द्र अधिकारी, कार्यसमिति सदस्यहरू सुर्य सिंखडा र रेखा श्रेष्ठको सकृयता रहेको थियो ।
यस्तै, क्विन्स टुगेदरका प्रमुख जोनाथन फोर्गोस्, न्युयोर्क मेयर अफिसबाट शुक्रानी दनपत,फाउन्डेशनकै केन्द्रीय सदस्य अम्बिरराज जोशी, नेका युवा नेताद्वय राजु रौनीयार र नवराज आचार्य र नेतृ कमला पन्त, प्रसीद्द पार्कर खेलाडी दिनेश सुनार, फाउन्डेशनका आजीवन सदस्य पुर्ण तामाङलगायतका समाजसेवीले स्वयम्सेवाको भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }