सोमवार, असार २४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रचण्डले राजीनामा नदिएमा एउटा प्रक्रियाबाट ४–५ दिनमा नयाँ सरकार : महामन्त्री थापा


  • माउन्टेन खबर
  • बिहिबार, असार २०, २०८१
  • 15
    SHARES

सुनसरी। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अल्पमतमा परिसकेपछि यताउता खेल्ने काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिनुभएको छ ।

बिहीवार सुनसरीको इटहरीमा आयोजित नगरसभालाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रचण्डले राजीनामा नदिएमा एउटा प्रक्रियाबाट ४–५ दिनमा नयाँ सरकार बन्ने बताउनुभयो।

‘आफू अल्पमतमा परेपछि फेरि यताउता खेल्न सकिएला कि ? कांग्रेस–एमालेलाई अलमल्याउन सकिएला कि भन्ने खालको कुरामा प्रचण्ड नअल्मलिने कुरा उहाँको स्वास्थ्यका लागि पनि उपयुक्त छ । ‘देशका लागि पनि त्यो ठीक छ’ महामन्त्री थापाले भन्नुभयो। ‘मलाई विश्वास छ, उहाँले भरे-भोलिमा राजीनामा दिनु हुन्छ । दिनुभएन भने एउटा प्रक्रियाबाट ४–५ दिनभित्रै नयाँ सरकार बन्छ ।

महामन्त्री थापाले प्रचण्डको अस्थिर चरित्रका कारण नयाँ गठबन्धन बन्ने अवस्था सिर्जना भएको बताउनुभयो ।   राजनीतिक मोलमोलाइ गर्ने काम बढेका कारण यो स्थिति सिर्जना भयो,’ थापाले भन्नुभयो ।

प्रत्येकपटक कांग्रेस र एमाले एउटा मिसनका साथ सरकारमा सामेल हुनेगरेको स्मरण गर्दै उहाँले यसपटक पनि केही नयाँ गर्नुपर्ने बताउनुभयो ।

माओवादीको जगजगीमा ‘समाज यसरी निस्सासिएको छ, राजाको शासनमा पनि यति निसास्सिएको थिएन, अब यो समाजलाई हामीले आशा देखाउनु पर्नेछ,’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }