सोमवार, असार २४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

लगातार तेस्रो दिन पनि बढ्यो नेप्से


  • माउन्टेन खबर
  • बिहिबार, असार २०, २०८१
  • 14
    SHARES

काठमाडौं । साताको अन्तिम दिन विहीबार शेयर बजार बढेर बन्द भएको छ । मंगलबारदेखि बढेको बजारले आज पनि सोही गतिलाई निरन्तरता दिएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.४६ अंकले बढेर २ हजार १ सय १९ दशमलव ६९ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १३ स्क्रिपको ६ अर्ब ४८ करोड रुपैयाँ बराबरको २ करोड १६ लाख कित्ता शेयर किनबेच भएको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बुधबार ५ अर्ब ८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज कारोबारमा आएका १ सय ४८ कम्पनीको शेयर मूल्य बढेको छ । ९३ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मुल्य स्थिर छ ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.४३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन, लगानी र जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशतभन्दा बढी बढेको छ। अघिल्लो कारोबार दिन ६ प्रतिशतभन्दा बढी बढेको वित्त उपसमूहको परिसूचक यस दिन ०.५९ प्रतिशत घटेको छ।

आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको १७ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको १७ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा आँखुखोला जलविद्युत रहेको छ । त्यस्तै, समाज लघुवित्तको शेयर मूल्य ९.२३ प्रतिशतले बढेको छ भने आरम्भ चौतारी लघुवित्तको शेयर मूल्य ७.३३ प्रतिशतले बढेको छ । यसैगरि, सांग्रिला डेभलपमेन्ट बैंकको शेयर मूल्य ६ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }