सोमवार, असार २४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

दीर्घकालीन असर पर्ने गरि काम नगर्न प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण


  • माउन्टेन खबर
  • बिहिबार, असार २०, २०८१
  • 19
    SHARES

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दीर्घकालीन असर पर्ने गरि काम नगर्न र नगराउन ध्यानाकर्षण गराएको छ ।

बिहीबार एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै संसद्का दुई ठुला दल एमाले र नेपाली कांग्रेसबिच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी भएको र एमाले अहिलेको सरकारबाट फिर्ता भएको स्मरण गराउँदै त्यस्ता निर्णय नगर्न भनेको हो ।

अहिलेको अवस्थामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत समेत पाउने अवस्था नरहेको जनाउदै एमालेले सरकार गठन प्रक्रियामा सहभागी हुन र सहयोग गर्न अनुरोध गरेको छ । ‘एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजीनामा समेत दिइसकेको अवस्थामा सरकार स्पष्ट अल्पमतमा परेको अवस्था छ’, जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }