सोमवार, असार २४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाललाई विश्वमाझ चिनाउन टुरिष्ट गाईडको महत्वपूर्ण भूमिका छ : पर्यटनमन्त्री तामाङ


  • माउन्टेन खबर
  • बुधबार, असार १९, २०८१
  • 141
    SHARES
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयानमन्त्री हितबहादुर तामाङ नेपाललाई विश्वमाझ चिनाउन टुरिष्ट गाईडको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
टुरिष्ट गाईड एशोसिशयन अफ नेपाल (टुर्गान)को आयोजना आज सुरु भएको ‘आठौँ राष्ट्रिय टुरिष्ट गाईड सम्मेलन’को उद्घाटन गर्दै उहाँले नेपालको प्राकृतिक र सांस्कृति सम्पदाको बारेमा विश्वमाझ चिनाउन टुरिष्ट गाईडको ठूलो भूमिका रहेको बताउनुभएको हो ।
“पर्यटक माझ नेपालको बारेमा टुरिष्ट गाईडले जे वर्णन गर्छन्, त्यो नै पर्यटकका लागि वास्तविक सावित हुने भएकाले नेपालमा टुरिष्ट गाईडको भूमिका  महत्वपूर्ण रहेको छ,”– उहाँले भन्नुभयो । मन्त्री तामाङले टुरिष्ट गाईडलाई समयअनुसार तालिम प्रदान गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।
टुरिष्ट गाईड एशोसियशन अफ नेपाल (टुर्गान)का अध्यक्ष थानेश्वर देवकोटाले सम्पदा क्षेत्रमा हुने अनाधिकृत गाईडलाई रोक्नका लागि पर्यटक प्रहरी र सम्पदा क्षेत्रका कर्मचारीले स्वचालित तथा नियमित लाईसेन्स चेकजाँचको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
उहाँले राज्यका विदेशी पाहुनालाई समेत टुरिष्ट गाईडबाट नै सम्पदा क्षेत्रको अवलोकन गर्ने परिपाटीको विकास गर्नुपर्ने बताउनुभयो । टुर्गानले नेपाल सरकार तथा पर्यटन वोर्डबाट देश तथा विदेशमा हुने पर्यटन प्रवद्र्धनका कार्यक्रममा टुर्गानलाई समेत समेट्नुपर्ने बताएको छ ।
अध्यक्ष देवकोटाले सांस्कृतिक राजदूतका रुपमा रहेका टुरिष्ट गाईडलाई सरकारले एक अभिन्न अंगका रुपमा स्वीकार गरि सोहीअनुरुप उनीहरुलाई नियमित पुनर्ताजगी, तालिम, उपयुक्त अवसर र व्यवसायिक हकको ग्यारेन्टी गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }