सोमवार, असार २४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अपांगता भएका व्यक्तिहरुलाई बाख्रा बितरण


  • माउन्टेन खबर
  • बुधबार, असार १९, २०८१
  • 164
    SHARES

नुवाकोट । बेल्कोटगढी अपाङ्गता तथा असहाय सेवा संस्थाको आयोजनामा अपांगता भएका व्यक्तिहरुलाई बाख्रा बितरण गरिएको छ ।

बेलकोटगढी नगरपालिकाको आर्थिक सहयोगमा समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुको जिविकोपार्जनको लागि नगरपालिकाको प्रत्येक वडामा दुई जनाका दरले २६ जनासहित अन्य दुई गरेर २८ ओटा बाख्रा वितरण गरिएको संस्थाको अध्यक्ष गणेश पोखरेलले जानकारी दिनुभयो ।

सोमबार नगरपालिका कार्यालय परिसरमा विशेष कार्यक्रमका बीच उपमेयर शिव दाहालले अपाङ्गता भएका व्यक्तिहरुलाई बाख्रा हस्तान्तरण गर्नुभएको थियो ।

हस्तान्तरण कार्यक्रममा उपमेयर दाहालले अपाङ्गता भएकाहरुका लागि जिविकोपार्जमा केही सहजता होस् भनेर नगरपालिकाले बाख्रा वितरण गरेको भन्दै सहि उपयोग गरेर आयआर्जनसँग जोडेर आगामी दिनमा यी बाख्राबाट धेरै उत्पादन गर्नेगरी अगाडि बढ्न उपप्रमुख दाहालले आग्रह गरे।

कार्यक्रममा वडा अध्यक्षहरु तथा अन्य विभागिय प्रमुख तथा कर्मचारीहरको पनि सहभागिता रहेको थियो ।बाख्रा पाएपछि अपाङ्गता भएकाहरु खुसी भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }