आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नगरपालिकाले दिएको बजेटमा वडाबाट थपेर सडक स्तरोन्नति गरिरहेका छौं : लच्छुराम न्यौपाने


  • माउन्टेन खबर
  • बुधबार, असार १९, २०८१
  • 84
    SHARES

काठमाडौं । नगरपालिकास्तरबाट विकास निर्माण कार्यलाई उच्च प्राथमिकतामा राखि अगाडि बढेको सूर्यविनायक नगरपालिकाका वडाहरु पनि विकासका लागि डटिरहेका छन् ।

मंगलबार सूर्यविनायक नगरपालिकाको नमूना विकास अवलोकन तथा स्थलगत अन्तरक्रियाका क्रममा नगरका वडाहरुको विकास निर्माणका कार्यप्रति दृढता देखिएको हो ।  आफ्ना वडाका बासिन्दाको दैनिक आवतजावतमा सहयोग पुर्याउन मुख्य सडक लगायत बस्तीका सडकहरुको निर्माण तथा स्तरोन्नति गरिरहेको नगरको ४ नम्बर वडाले नगरपालिकाको लक्ष्यमा इँटा थपिरहेको छ ।

सडक कालोपत्रे गर्नका लागि नगरपालिकाले विनियोजन गरेको बजेट अपुग हुने देखिएपछि वडाले त्यसमा थप गरि योजना पुरा गर्ने काम गरिरहेको वडाअध्यक्ष लच्छुराम न्याैपानेले बताए ।

अध्यक्ष न्याैपानेका अनुसार, ४ नम्बर वडामा हालसालेै पानीट्याङ्कीदेखि गाम्चा निस्कने सडक कालोपत्रे गरिएको छ । नगरपालिकाले विनियोजन गरेको एक कराेड रूपैयाँ बजेट उक्त कार्यका लागि अपुग हुने भएपछि वडा आफैंले रकम थप गरेर कार्य पुरा गरेको हो ।

‘गाम्चा निस्कने सडक पिच गर्न नगरपालिकाले १ करोड रुपैयाँ विनियोजन गरेको थियो । त्यतिले नपुग्ने भएपछि हामीले वडाबाट ४९ लाख रुपैयाँ थपेर पुरै पिच सकेका छौं ।’ वडाध्यक्ष लच्छुराम न्यौपाने भने ।

संघ र प्रदेशको सहयोगमा वडामा विभिन्न विकास निर्माणका कार्य भइरहेको बताउँदै न्याैपानेले वडामा सडक निर्माण र स्तरोन्नतिका लागि नगरपालिकाले यथासक्य सहयोग गरेको बताए । पछिल्लो समय ढल तथा खानेपानीको क्षेत्र सुधारका लागि समेत सो वडाले कार्य गरिरहेको न्यौपानेकाे भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }