आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

विकास निर्माणमा उदाहरणीय बन्दै भक्तपुरकाे सूर्यविनायक नगरपालिका


  • माउन्टेन खबर
  • मङ्लबार, असार १८, २०८१
  • 85
    SHARES

भक्तपुर । भौतिक साथसाथै आर्थिक र सामाजिक विकासलाई प्राथमिकतामा राख्दै आएको सूर्यविनायक नगरपालिका विकास निर्माणमा देशकै लागि एक उदाहरण बन्न सफल भएको छ । हरेक क्षेत्रमा ‘स्थितिगत्यात्मक प्रगतिवाद’ को विचारधारालाई पछ्याउँदै नगरपालिकाले पुराना राम्रा कुरालाई साथै लिइ नराम्रालाई छोड्दै, असल नयाँ पक्षलाई समेत समेट्दै अघि बढिरहेको छ ।

पुराना मौलिक शैलीमा नयाँ संरचना निर्माण गर्दै सूर्यविनायक नगरपालिकाले मौलिक र आधुनिकको सुन्दर ‘फ्युजन’ सहितको विकासका कार्य गरिरहेको छ । ‘एक वडा एक फल्चा’ नारासहित नगरपालिकाले आफ्ना १० वटै वडामा पुरानो शैलीका फल्चा निर्माण गरेको हाे । प्रतिक्षालय आवश्यक पर्ने स्थानमा फल्चाको निर्माण गरि आवश्यकता र मौलिकतालाई सँगसँगै लैजाने पक्षमा सबैका लागि अनुकरणीय बन्न सफल बनेको छ, सूर्यविनायक नगरपालिका ।

नगरपालिकाले हाल भौतिक पूर्वाधार साथसाथै मानवीय विकासलाईसमेत प्राथमिकतामा राखेर अगाडि बढिरहेको सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईले बताइन् । राष्ट्रिय सञ्चार केन्द्रद्वारा मंगलबार आयोजित ‘सूर्यविनायक नगरपालिकाको नमूना विकास अवलोकन तथा स्थलगत अन्तरक्रिया कार्यक्रम’ का क्रममा उनले सो कुरा बताएकी हुन् ।

sarita timsina bhattarai.jpg

‘दिगो विकास व्यवस्थित शहर,
स्वच्छ समृद्ध सूर्यविनायक नगर’ भन्ने भिजन लिइ नगरपालिकाले दिगाे विकासका लागि २० वर्षे आवधिक योजना बनाएर अघि बढिरहेको उप प्रमुख भट्टराईकाे भनाई छ। सो आवधिक योजनालाई वर्षैपिच्छे बजेट विनियोजन गरि कार्यान्वयनतर्फ लागिएको भट्टराईले बताइन् ।

नगरभित्रका ग्रामीण बस्तीका उत्पादन बजारीकरण गरि सर्वसाधारणको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले ग्रामीण सडक निर्माण कार्यहरु थालिएको उपप्रमुख तिम्सिना भट्टराईले जानकारी दिइन् । सडकको विकासले पर्यटनमा समेत सहयोग पुग्ने बताउँदै उप प्रमुख तिम्सिना भट्टराईले सूर्यविनायक नगरपालिकामा हाल ११ मिटरका ४४ किलोमिटर बाटो रहेको र त्यसमध्ये २८ किलोमिटर पिच भइसकेको र प्रायः सबै खोलामा पुलसमेत बनिसकेको जानकारी दिइन् । नगरपालिकाले आवस्यकता र मागअनुसार नै विकास निर्माणका कार्य गरिरहेको बताउँदै उनले सूर्यविनायक बाटोघाटोको विकासका लागि अन्य स्थानीय तहहरुका लागि उदाहरण बनेको दाबी समेत गरिन् ।

नगरपालिकाले भौतिक पूर्वाधारसँगै स्वास्थ्य र शिक्षाको क्षेत्रमा समेत नगरपालिकाले योजना बनाएको भट्टराईकाे भनाई छ । नगरपालिकाभित्रका सबै विद्यालयहरुमा भौतिक पूर्वाधार पुर्याइसकेको बताउँदै उपप्रमुख भट्टराईले विद्यालयहरुमा विद्यार्थीको संख्यासंगै शिक्षाको गुणस्तर बढ्ने क्रममा रहेको जानकारी दिईन् । ‘यसपटकको एसईईको नतिजामा ८५ प्रतिशत उत्तीर्ण हुनुले पनि त्यसको पुष्टि गर्ने भट्टराईले बताईन् ।

karyakari.jpg

कार्यसम्पादनको मूल्यांकनका आधारमा विद्यालयको प्रधानाध्यापक नियुक्त गर्ने सूर्यविनायक मुलुकभरमै  पहिलो नगरपालिका रहेको बताउदै भट्टराईले त्यस्काे सिकाे अन्य स्थानीय तहका साथै प्रदेश र संघले समेत गर्न थलोकाे बताइन् ।

विद्यालय स्तरमा ‘सिक्दै पढ्दै’ को अवधारणा अनुसार अघि बढिएको जानकारी दिदै उप प्रमुख भट्टराईले त्यसका लागि चालू आर्थिक वर्षका साथै आगामी आर्थिक वर्षका लागिसमेत बजेट विनियोजन गरिएको बताइन् । ‘उपप्रमुखसँग किशोर किशोरी कार्यक्रम’ लगायतका विभिन्न कार्यक्रममार्फत् कक्षा ९ र १० मा पढ्ने विद्यार्थीहरुलाई आवश्यक विभिन्न तालिमहरु दिइएको भट्टराईकाे भनाइ थियाे । सिक्दै पढ्दैलाई अझै अगाडि लैजाँदै ‘सिक्दै कमाउँदै’ को अवधारणलाईसमेत अगाडि बढाइएको भट्टराईले बताइन् ।

स्वास्थ्य क्षेत्र विकासका लागि पनि नगरपालिकाले कार्य गरिरहेको जानकारी दिदै उप प्रमुख भट्टराईले हाल नगरपालिकाका ४५ सय घरधुरी स्वास्थ्य बीमामा आवद्धसमेत रहेको जानकारी दिइन् । स्वास्थ्य बीमामार्फत् स्वास्थ्य संस्थामा सहज र कम मूल्यमा पहुँच विस्तार गर्नका लागि नगरपालिकाले एक घरधुरीको एक हजार रुपैयाँ अनुदान  दिने गरेका कारण हाल नगरमा २५०० रुपैयाँमा स्वास्थ्य बिमा हुनेगरेको उनकाे भनाई थियाे । सूर्यविनायक नगरपालिकाका अस्पतालमा पछिल्लो समय बर्थिङ सेन्टरसमेतकाे सेवा उपलब्ध रहेकाे भट्टराईले जानकारी दिइन् ।

नगरपालिकाको योजनाअनुसारको कार्य सम्पादनका लागि वडाहरुले समन्वय गरिरहेका छन् । नयाँ पुस्तालाई पुराना समाजको बारेमा जानकारी दिनका लागि प्रत्येक वडामा फल्चा बनाउने कार्यक्रम होस् या सडकको स्तरोन्नति, सबैका लागि वडाले सहजीकरण गरिरहेको छ । नगरपालिका र सर्वसाधारणबीचको समन्वयकर्ताका रुपमा रहेका वडाहरुले सर्वसाधारणको माग नगरपालिकासम्म पुर्याउन र नगरपालिकाको सहयोयमा आवश्यकता अनुसार विकास निर्माणका काम गर्नमा सहयोग गरिरहेको छ ।

नगरपालिकाको २ नम्बर वडाले एक वडा एक फल्चा नीतिअनुसार गणेश मन्दिरमा फल्चा निर्माण गरेको वडा अध्यक्ष प्रदिप कार्कीले जानकारी दिए । गत आर्थिक वर्ष र चालू आर्थिक वर्षमा गरि ३० लाख बजेटमा फल्चा, चौतारी आदि निर्माण गरिएको कार्कीले बताए । उक्त फल्चा रहेको स्थानमा पहिले पनि फल्चा रहेको र विभिन्न कारणले जीर्ण भइ भत्किएका कारण हाल निर्माण भएको फल्चा त्यसैको स्मारकको रुपमा समेत रहेको कार्कीले बताए ।

woda no 2.jpg

सडक स्तरोन्नतिका लागि सूर्यविनायकको १ नम्बर वडा स्थित कौशलटार–बालकोट–बिरुवा सडकको २.२ किलोमिटर सडक चालू आर्थिक वर्षमा पिच गरिएको  वडाध्यक्ष सानुकाजी कायस्थले बताए । संघको सहयोगमा समेत अन्य सडक कालोपत्रे भइरहेको कायस्थले जानकारी दिए ।

woda number 1.jpgनगरपालिकाको १ नम्बर वडामा रहेको चरखण्डी मन्दिरमा पनि नगरपालिकाको नीति अनुसार नै फल्चा बनाइएको उनले बताए ।

1 no woda.jpg

पूर्वाधार विकास अन्तर्गत नगरपालिकाले विनियोजन गरेको १ करोड रुपैयाँमा ४९ लाख रुपैयाँ थप गरेर ४ नम्बर वडामा पानीट्याङ्कीदेखि गाम्चा निस्कने सडक कालोपत्रे गरिएको वडाध्यक्ष लच्छुराम न्यौपानेले बताए । संघ र प्रदेशको सहयोगमा वडामा विभिन्न विकास निर्माणका कार्य भइरहेको बताउँदै न्याैपानेले वडामा सडक निर्माण र स्तरोन्नतिका लागि नगरपालिकाले यथासक्य सहयोग गरेको बताए । पछिल्लो समय ढल तथा खानेपानीको क्षेत्र सुधारका लागि समेत सो वडाले कार्य गरिरहेको न्यौपानेकाे भनाई थियाे ।

4 no.jpg

नगरपालिकाको ७ नम्बर वडाका वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले संघीय सरकार र बागमती प्रदेश सरकारको अनुदानमा विगत २ वर्षदेखि केही कमी आएका कारण अपेक्षा अनुसारका विकास निर्माणका कार्य गर्न नसकिएपनि सुर्यविनायक नगरपालिकाले उल्लेख विकास निर्माणका काम गरेको बताए ।

7.jpg

7 number.jpg

नगरपालिकाको बजेटबाट नै ७ नम्बर वडामा विभिन्न नयाँ सडक बनाइएकाे बताउँदै सापकोटाले पछिल्लो समय बस्ती भित्र जाने सडक कालोपत्र  गरिएको जानकारी दिए । वडामा मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले ‘रणबम बस्नेत पाटी’ निर्माण गरिएको र तामाङ बाहुल्यता भएको स्थानमा बुद्धको मूर्तिसमेत बनाउने योजना रहेको सापकोटाकाे भनाई थियाे ।

7 no..jpg

सडक, स्वास्थ्य, शिक्षा लगायतका पूर्वाधारको निर्माणसँगै नगरपालिकाले खानेपानीको पहुँच सबैमाझ पुर्याउनका लागि पनि कार्य गरिरहेको छ  । दिगो विकासको योजना २०१५–२०३० अन्तर्गत नेपालले लिएको ९९ प्रतिशत मानिसमा खानेपानीको पहुँच पुर्याउने लक्ष्य पुरा गर्नका लागि नगरपालिकाले मेलम्ची खानेपानी आयोजनासँग २० लाख लिटर पानी लिनेगरि सम्झौता गरेको छ । पाण्डुबजारमा निर्माण गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडको ट्याङ्कीबाट नगरका विभिन्न वडाहरूमा स्वच्छ खानेपानी वितरण गरिने नगरपालिकाकाे याेजना महाशाखाका प्रमुख जनक न्याैपानेले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }