सोमवार, असार २४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

‘गङ्गाजमुना–तीनसुरे पदमार्ग’ अगाडि बढाउनेबारे छलफल 


  • माउन्टेन खबर
  • सोमवार, असार १७, २०८१
  • 213
    SHARES
काठमाडौँ । धादिङ जिल्लाको उत्तरी क्षेत्रमा रहेको गङ्गाजमुना गाउँपालिकामा रहेको ‘गङ्गाजमुना–तीनसुरे पदमार्ग’ले धादिङको पर्यटन विकासमा सहयोग पुग्ने बताइएको छ ।
गङ्गाजमुना गाउँपालिकाबाट सङ्घीय राजधानी काठमाडौँ आएर पर्यटन विकासमा सक्रिय पर्यटन व्यवसायीसँग आज गाउँपालिकाले गरेको कार्यक्रममा व्यवसायीले गङ्गाजमुनामा बन्न लागेको पदमार्गले गङ्गाजमुनामात्र नभई सिङ्गो धादिङको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताएका हुन् ।
कार्यक्रममा ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)का पूर्वअध्यक्ष एवम् वरिष्ठ पर्यटन व्यवसायी ज्योती अधिकारीले गङ्गाजमुनाको पर्यटन विकासका लागि त्यहाँका पर्यटन व्यवसायी नै सक्रिय बन्नुपर्ने बताउनुभयो । “प्रत्येक व्यवसायीले आफ्नो क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि योगदान दिनुपर्छ, थोरै भएपनि लगानी गर्नुपर्छ,”– उहाँले भन्नुभयो ।
उहाँले गङ्गाजमुनाको भूमि र भूगोललाई सुहाँउदो शिक्षा पर्यटन शिक्षा भएकाले त्यसलाई गाउँपालिकाले अगाडि बढाउनुपर्ने बताउनुभयो ।
गङ्गाजमुना गाउँपालिका पर्यटन विकास समितिका संयोजक एवम् वडा नं ६ का वडाअध्यक्ष रमेश ढकालले धार्मिक र प्राकृतिक रुपले धनी गङ्गाजमुनाको पर्यटन विकासलाई गाउँपालिकाले उच्च प्राथमिकता राखेको बताउनुभयो । सबैको सुझाव र सल्लाहमा गङ्गाजमुनाको पर्यटनलाई अगाडि बढाउने उहाँको भनाई थियो ।
गङ्गाजमुना–३ का वडाअध्यक्ष राजकुमार गुरुङले समृद्ध गङ्गाजमुना निर्माणको प्रमुख आधार पर्यटन भएकाले यसको विकासका लागि सबै लाग्नुपर्ने बताउनुभयो ।
ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)का वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद दाहालले टानले पछिल्लो समय नयाँ पदमार्गको अध्ययन र खोजी गरी पर्यटन प्रवद्र्धनलाई अगाडि बढाउँदै आएको बताउनुभयो ।
गङ्गाजमुना घर भई काठमाडौँमा पर्यटन व्यवसाय गर्दै आउनुभएका शिव अधिकारी, ऋषिप्रसाद नेपाल, गोपाल थापा, राजन दाहाल, सुदर्शन न्यौपाने, दीपक दाहाल, सरोज न्यौपाने, सुमनप्रसाद न्यौपानेलगायतले गङ्गाजमुनाको पर्यटन विकासका लागि स्थानीय सरकार र पर्यटन व्यवसायीबीच हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }