आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मधेस प्रदेशका विपक्षी दलहरुद्वारा बजेट पुनःलेखन गर्न मुख्यमन्त्री सिंहको ध्यानाकर्षण


  • माउन्टेन खबर
  • आइतवार, असार १६, २०८१
  • 74
    SHARES

 

मधेस प्रदेश । मधेस प्रदेशका विपक्षी दलहरुले बजेट पुनःलेखनको माग गर्दै मुख्यमन्त्री सतिशकुमार सिंहलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव, जनता समाजवादी पार्टी, नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालकी प्रमुख सचेतक रानी शर्मा तिवारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता कञ्चन विछाले लगायतले सामुहिक रुपमा ध्यानाकर्षण पत्र बुझाउँदै मधेस सरकारले आर्थिक वर्ष २०८१÷०८२ का लागि ल्याएको बजेटको पुनःलेखन गर्न मांग गरेका हुन् ।

बजेट सम्बन्धमा गत असार १३ गते मुख्यमन्त्रीको कार्यकक्षमा बसेको सर्वदलिय बैठकमा मुख्यमन्त्री र स्वयं अर्थमन्त्री भरत साहले नै पिएलएमबिआईएस ह्याक्रहरुबाट सिस्टम ह्याक भई कार्यक्रम तथा बजेट रकमहरु प्रबिष्ट गरिएको भनि जानकारी आएकाले बजेट स्वीकार्य हुन नसक्ने उनीहरुको तर्क छ । उनीहरुले सो सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन संसदिय छानबिन समितिको गठन, बजेट पुनःलेखन तथा प्रदेश सभामा पुनः छलफल र बजेट पुनःलेखन हुँदा सबै संसदिय क्षेत्रमा सन्तुलित बजेट कायम गनुर््पर्नेसहित तीन सूत्रिय माग गरेका छन् । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }