आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोशी सरकारविरुद्धको रिट हेर्दाहेर्दैमा


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ ३१, २०८१
  • 102
    SHARES

काठमाडौं । कोशी प्रदेश सरकार विरुद्धको रिट हेर्दाहेर्दैमा रहेको छ । पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतको पूर्ण इजलासले हेर्दाहेर्दैमा राखेको हो ।

अब यसमा असार ९ गते सुनुवाइ हुनेछ । न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासले बिहीबारको सुनुवाइपछि रिटलाई हेर्दाहेर्दैमा राखेको हो ।

अदालतका न्यायाधीश बिदामा हुने भएकाले अब अर्को सुनुवाइ असार ९ मा मात्रै हुने भएको हो ।

कार्कीले आफू संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री बनेकाले आफूलाई हटाउन नमिल्ने जिकिर गर्दै आएका छन् । उनले रिटमार्फत प्रदेश प्रमुखद्वारा जारी सरकार गठनको आह्वान र दुईतिहाइले प्रदेश सभाबाट पारित विश्वासको मत लिनुपर्ने सङ्कल्प प्रस्ताव खारेजीको माग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }