आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ १९, २०८१
  • 92
    SHARES

मकवानपुर- आगामि आर्थिक वर्ष २०८१-८२ का लागि बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । गत जेठ १४ गते बागमती प्रदेश सरकारका तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

शुक्रबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरियोस् भनि राख्नुभएको प्रस्तावलाई सभामुख भुवनकुमार पाठकले निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । बहुमत प्रदेश सभा सदस्यले उक्त प्रस्ताव पारित गरियोस् भन्ने पक्षमा “हुन्छ” भनेका थिए ।

उक्त नीति तथा कार्यक्रममाथि जेठ १६, १७ र १८ गते भएको छलफलमा ६२ सांसदहरुले धारणा राखेका थिए । सत्ता पक्षका सांसदले नीति तथा कार्यक्रम उत्कृष्ट रहेको बताइरहँदा प्रतिपक्षी दलका सांसले नीति तथा कार्यक्रम परम्परावादी र कर्मकाण्डी रहेको भन्दै आलोचनात्मक टिप्पणी गरेका थिए ।

छलफलका क्रममा उठेका प्रश्नको शुक्रबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जवाफ दिनुभएको थियो । मुख्यमन्त्री जमकट्टेलले नीति तथा कार्यक्रम निकै उत्कृष्ट रहेको दाबी गर्नुभयो । बजेटमा प्रतिपक्षीका मागलाई सम्बोधन गर्दै जाने मुख्यमन्त्रीले प्रतिबद्धता जनाउनुभयो ।

प्रदेशको आर्थिक स्रोत अनुसार सबैको समान ढंगले कार्यक्रम समावेश हुनेगरी बजेट आउने मुख्यमन्त्रीले बताउनुभयो । सबै प्रदेश सभा सदस्यले साझा दस्ताबेजका रुपमा नीति तथा कार्यक्रमलाई लिएको आफूले भएको महसुश गरेको उहाँको भनाइ छ । कार्यक्रम, नीति दोहोरिने बित्तिकै परम्रावादी भन्न नहुनेमा मुख्यमन्त्रीको जोड थियो ।

बागमती प्रदेशलाई संवृद्ध प्रदेश बनाउनका निम्ती आवश्यक कार्यक्रम नीतिमा समावेश गरिएको बताउँदै आवश्यकतामा आधारित नीति तथा कार्यक्रम बनेको मुख्यमन्त्री जम्कट्टेलको जिकिर थियो । बैठकमा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले अन्य ५ वटा अस्पताललाई प्रदेश अस्पतालका रुपमा थप गर्न लागिएको बताउनुभयो ।

चितवनको माडी अस्पताल, रामेछापको मन्थली अस्पताल, दोलखाको जिरी अस्पताल, सिन्धुलीको दुधौली अस्पताल र सिन्धुपाल्चोकको मेलम्ची अस्पताल प्रदेश अस्पतालका रुपमा थप हुन लागेको उहाँले बताउनुभयो । आगामी आिर्थक वर्षलाई युवा सीप वर्ष घोषणा गरेर १५ हजार युवालाई तालिमका साथै बीउपूँजी समेत प्रदान गर्नेगरी प्रदेश सरकार अगाडी बढेको मुख्यमन्त्रीले जानकारी गराउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }