आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गणतन्त्र दिवस: जनताको अवस्था परिवर्तन गर्न लाग्नु पर्छ : केन्द्रिय सदस्य आचार्य


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ १५, २०८१
  • 117
    SHARES

काठमाडौं ।सत्रौँ गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै काँग्रेस केन्द्रिय सदस्य एंव संधिय सांसद ई. मोहन आचार्यले  नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासबाट नै नेपाललाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रूपमा रुपान्तरण गर्न सकिने उल्लेख गर्नु भएको छ।

गणतान्त्रिक व्यवस्थाले सबै जाति, भाषा, क्षेत्र, धर्म, लिङ्ग र समुदायका जनतालाई राज्यको मूलप्रवाहमा एकाकार गर्दै रुपान्तरणको बाटोमा अघि बढ्न सघाएकोउहाँले उल्लेख गर्नु भएको छ । सबै समुदायमा नेपाल राज्यप्रति साझा स्वामित्व र अपनत्व स्थापित गराउँदै राष्ट्रिय हितको प्रवर्द्र्धन तथा मुलुकको स्वाधीनता र सार्वभौमिकता सबल बनाउँदै लगेको उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

“राजनीतिक व्यवस्थाको परिवर्तन जनताको दशकौँदेखिको सपना हो, व्यवस्था परिवर्तन भए पनि व्यवस्थाअनुकूल जनताको अवस्था परिवर्तन गर्ने हाम्रो कार्यभार बाँकी नै छ । प्राप्त राजनीतिक उपलब्धिको भरपूर उपभोग गर्दै, मुलुकको सम्पूर्ण शक्तिलाई एकाकार गर्दै, स्रोत साधनको यथोचित परिचालन र अवसरको न्यायोचित वितरणको नीतिमार्फत जनताको अवस्था परिवर्तन गर्न लाग्नु पर्नेमा उहाँले जोड दिनुभएको छ  ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }