अह्राेट
उसले फाइल टेबुलमा राख्दै भन्यो -“सर मेराे।” कर्मचारीले फाइल फिर्ता दिँदै भने-“लाइनमा उभिएका यतिधेरै मान्छे देख्नु भएन ? जानुस लाइनमा आउनुस ।” फाइल हातमा समातेर पछाडि आएर बिरामी बाबुलाई रिसपाेख्दै फाेनमा भन्याे -“तपाईंलाई पहिला अस्पताल जाओैँ ,कर पछि तिराैला भनेकाे मान्नु भएन । न कर तिरिने भयाे न समयमा अस्पताल !”रिसले मुरमुरिँदै उसले फाेन काट्याे ।
उसकाे बाबुले तुरुन्तै फाेन फर्काए । उसले झर्कदै भन्याे -“किन ?” बाबुले फाेनमा भने-” फर्काउने कर्मचारीलाई फाेन देउ त !” उसले हाेल्डमा भएकाे फाेन अघि झर्कने कर्मचारीलाई दियाे । फाेन सुनेपछि सहयोगी कर्मचारीलाई आदेश दिँदै भने-“सबै काम छाेडेर पहिला सरकाे गर्नुस ।” सहयोगी कर्मचारीले तत्कालै सबै काम सकाएर फाइल दिँदै भने-“सर म वीर बहादुर सरलाई भन्दिनुहाेला है ” ऊ दङ्ग परेर घर फर्कियाे । बरन्डाकाे पिर्कामा बसेका बाबुलाई साेध्याे-“तपाईंले आफू बिरामी भएर अस्पताल जान ढिला भएकाे भन्नू भएकाे हाे ?” बाबुले फिस्स हाँस्दै भने-“त्यस्ता पिरमर्का कस्ले बुझ्छन् र यहाँ ! मैले त सचिवालयकाे सहायक सचिवालय ,त्यसकाे उप सचिवालयकाे उपशाखाबाट उप बाेलेकाे काम तुरुन्तै गरिदिनु भनी अह्राेट गरेँ । नतिजा तिम्रो अगाडि छ ।”
-गाेपीराम भण्डारी