आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

जाजरकोट जिल्ला अस्पताल खलङ्गामा निःशुल्क मुख तथा दन्त शिविर (तस्बिरसहित)


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ १, २०८१
  • 147
    SHARES

काठमाडौँ । जाजरकोट जिल्लाको सदरमुकाम खलङ्गास्थित सञ्चालित जाजरकोट जिल्ला अस्पतालमा निःशुल्क मुख तथा दन्त शिविर सम्पन्न भएको छ ।

गोरखा वेलफेयर ट्रष्ट नेपालको आर्थिक सहयोगमा कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल बसुन्धराको प्राविधिक सहयोगमा पाँचदिने निःशुल्क मुख तथा दन्त शिविर सम्पन्न भएको हो ।

सो शिविरमा जाजरकोटका सातवटै स्थानीय तहका ३५८ जनाले सेवा लिएका थिए । सोमध्ये ६५ जनाको दाँत सफा गरिएको र ८४ जनाको दाँत भर्ने काम गरिएको कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका कार्यकारी निर्देशक बुद्धिमान श्रेष्ठले जानकारी दिए । सो अवसरमा ३४७ जनाको दाँत निकालिएको थियो ।

यस्तै, ३० जनाको कृतिम दाँत लगाइएको र २९१ जनाको दाँत फेरिएको थियो । मुख तथा दन्त शिक्षा स्वास्थ्य प्रदान गरिएको थियो । उक्त शिविरमा भाग लिन १३ जनाको टोली काठमाडौँबाट जाजरकोट गएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }