काठमाडौँ, १४ फागुन । वरिष्ठ निर्देशक दिपेन्द्र तिमल्सिनाको निर्देशनमा निर्माण गरिएको गीत ‘कर्णाली र भेरी’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा छायांकन गरिएको उक्त गीतको शब्द, संगीत र गायन संजोग भुसालले गर्नुभएको छ । उक्त गीत चर्चित गायिका रचना रिमाल गाउनुभएको छ ।
विकास फिरोज र स्मारिका ढकालले अभिनय तथा नृत्य गर्नुभएको सो गीतको संगीत संयोजन विश्वास नेपालले गर्नुभएको छ भने छायाकंनमा सौरभ लामा हुनुहुन्छ । उक्त गीतको सम्पादन मनोज कार्कीले गर्नुभएको छ भने मिक्सिङ नरेन्द्र वियोगीले गर्नुभएको हो ।
उक्त गीतलाई गायक संजोग भुसालको अफिसियल युटुव च्यानलमार्फत सार्वजनिक गरिसकिएको छ ।