आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

५५ इन्टरनेट सेवा प्रदायकमाथि कारबाही गर्दै दूरसञ्चार प्राधिकरण


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर १४, २०८०
  • 148
    SHARES

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ५५ वटा इन्टरनेट सेवा प्रदायकले कारबाही अघि बढाएको छ । टिकटक बन्दबारे जानकारी नदिएका ती सेवा प्रदायकमाथि २४ घण्टे अल्टिमेटमसहित कारबाहीको चेतावनी दिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द भए नभएको जानकारी केही दिनअघि सर्कुलर गरेको थियो । तर, अझै पनि एक तिहाइ सेवा प्रदायकले यस्तो जानकारी दिएका छैनन् । ती सेवाप्रदायकको नाम सार्वजनिक गर्दै प्राधिकणले २४ घण्टाभित्र विवरण नपठाए कानूनबमोजिम कारबाही गर्ने जनाएको हो ।

हाल प्राधिकरणबाट १२७ इन्टरनेट सेवा प्रदायकले अनुमति लिएका छन् । तीमध्ये यसरी जानकारी नदिनेको संख्या ४३ प्रतिशत हुन आउँछ । यद्यपि ग्राहक संख्याका आधारमा यस्तो संख्या नगन्य मात्रै हो । धेरै ग्राहक संख्या भएका इन्टरनेट सेवा प्रदायकले टिकटकमाथि प्रतिबन्ध लगाएर त्यसको जानकारी प्राधिकरणमा पठाइसकेका छन् ।

मन्त्रिपरिषद्को निर्णय बमोजिम तिहारदेखि टिकटक बन्द गरिएको थियो । उक्त निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }