आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पर्यटन सञ्जालमार्फत भूकम्प पीडितकालागि राहत हस्तान्तरण


  • माउन्टेन खबर
  • मङ्लबार, मंसिर १२, २०८०
  • 105
    SHARES

काठमाडौं । होटल संघ नेपालको संयोजकत्वमा अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको पर्यटनसँग सम्बन्धित संघ संस्थाहरुको सञ्जाल Together for Tourism(TFT) पर्यटनका लागि सँगसँगै ले सोमबार प्रधानमन्त्री पुष्प कमल दाहाल लाई जाजरकोट भूकम्प पीडितका लागि राहत रकमका साथै राहत सामग्री हस्तान्तरण ग¥यो ।

प्रधानमन्त्रीबाट राहत सहयोग उपलब्ध गराएकोमा धन्यवाद दिँदै भूकम्प पीडितको जीवनयापनमा प्राप्त सहयोगबाट सहजता हुने बताउनुभयो । साथै उहाँले पर्यटन क्षेत्रका छाता संगठनहरुको सञ्जालबाट यस क्षेत्रको विकास र विस्तारमा योगदान हुने बताउँदै सञ्जालसँग छिट्टै थप विषयमा छलफल गर्ने पनि बताउनुभयो ।

पहिलो चरणमा होटल संघ नेपालको तर्फबाट रु. १५ लाख ५६ हजार ८ सय ७८ र सदस्य होटल हिमालयको तर्फबाट थप रु. ५ लाख बराबरको एक्रिलिक पन्चु : ५०० थान र लाइभ सेभर वाटर फिल्टर ः १५ वटा साथै स्कल नेपालको तर्फ बाट ५ लाख बराबरको ब्लयांकेट ः २४० थान, स्लिपिङ व्याग : १०० थान, ह्विल चियर : ५ थान, स्ट्रेचरः ५ थान, प्रोटेक्टिभ सुट : २० थान सामग्रीसहित नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स, नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज र टुरिष्ट बस एसोसिएसन अफ नेपालको सहित गरी करिब ३० लाख बराबरको नगद जिन्सी रहेको छ ।

सो अवसरमा नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्सका अध्यक्ष रमेश थापा, नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिजका अध्यक्ष शिव अधिकारी, टुरिष्ट बस एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्ण आचार्य, स्कल नेपालका अध्यक्ष महेन्द्रराज पौडेल र होटल संघ नेपालका निवर्तमान अध्यक्ष सृजना राणा, द्वितीय उपाध्यक्ष दिनेश तुलाधर र कोषाध्यक्ष युवराज श्रेष्ठलगायतले संयुक्त रुपमा नगद र जिन्सी गरी करिब ३० लाख बराबरको राहत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गर्नुभएको थियो ।

साथै, बढ्दो जाडो याममा भूकम्प पीडितहरुलाई न्यानो कपडा, ओढ्ने कम्बल, ओछ्याउने म्याट्रेस, शौचालय प्यान, एकमुखे चुल्हो लगायतका सामग्री संकलित रकमबाट खरिद हुनु उपयुक्त देखिएको पनि सो अवसरमा जानकारी गराइएको थियो ।

हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष शाहले भूकम्पबाट प्रभावित व्यक्ति तथा परिवारका लागि पर्यटन सम्बन्धी शीप अभिवृद्धि  तालिम सञ्चालन गरी सिक्दै कमाउँदै को अवधारणा अन्तर्गत कार्यक्रमहरु छिट्टै सञ्चालन गरी भूकम्प पीडितहरुलाई जिविकोपार्जनमा सहयोग पु¥याउने पनि जानकारी गराउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }