आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

उद्योग मन्त्रालयमा रहेको चुनौतिलाई सफलतापूर्वक पार लगाउँछु: मन्त्री बडू


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २४, २०७८
  • 294
    SHARES

२४ चैत, काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग मन्त्रालयमा रहेको चुनौतिलाई सफलतापूर्वक पार लगाउने बताउनु भएको छ ।

बिहीबार उद्योग मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री बडूले उद्योगसम्बन्धी देखिएका समस्यालाई समाधान गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो । उहाँले आफ्नो टिममा मन्त्रालय सञ्चालन गर्नको लागि राम्रो टोली रहेको भन्दै आत्मविश्वास र प्रतिवद्धताका साथ काम गर्ने बताउनु भयो । मन्त्री बडूले जनताले राहत महशुस गर्ने गरेर उद्योगसम्बन्धीका समस्या समाधान गर्ने योजना पनि सुनाउनु भयो ।

मन्त्री बडूले भन्नुभयो, ‘उद्योग मन्त्रालयमा रहेको चुनौतिलाई सफलतापूर्वक पार गर्छौं । त्यसको लागि टिमवर्क चाहिन्छ । यो आत्मविश्वास र प्रतिवद्धताका साथ हामी अघि बढ्न सक्यौँ भने चुनौति समेट्नका निमित्त, सफलताका निमित्त यो मेरो लागि अवसर पनि हो । यसलाई हामीले जनताले राहत महशुस गर्ने गरेर उपयोग गर्न जरुरी छ । हामीले विश्व अर्थतन्त्र नै डामाडोल भइरहेको बेलामा नेपालले के तयारी गर्दैछ, कसरी यो पार गर्छ भन्ने कुरालाई पनि ध्यान राख्न जरुरी छ । हामी यसमा सफल हुन्छौँ, मलाई त्यो विश्वास छ । राष्ट्रको सम्पूर्ण क्षेत्रसँग जोडिएको यो मन्त्रालयको चुनौतिलाई पार लगाउनु पर्छ, सफल हुनुपर्छ । प्रतिवद्धता र एकतावद्ध भएर काम गर्ने हो भने हामी सफलतामा पुग्छौँ ।’

सरकारले कानूनमन्त्रीमा गोविन्द बन्दीलाई नियुक्त गरेसँगै मन्त्री बडूले उद्योग मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । यसअघि मन्त्री बडूले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हाल्दै आउनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }