आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पूर्वमाओवादी नेता भण्डारी एकीकृत समाजवादीमा प्रवेश


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २४, २०७८
  • 582
    SHARES

२४ चैत, काठमाडौं । नेकपा(क्रान्तिकारी माओवादी)बाट विद्रोह गरी बनेको संयुक्त समाजवादी मोर्चा नेकपा(एकीकृत समाजवादी)मा समाहित भएको छ ।

नेकपा(क्रान्तिकारी माओवादी) परित्याग गरी सो पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का पूर्व केन्द्रीय अध्यक्ष तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य सेवन्तराज भण्डारीको नेतृत्वमा गठन भएको संयुक्त समाजवादी मोर्चा नेकपा(एकीकृत समाजवादी)मा समाहित भएको हो । बिहीबार नेकपा(एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव बेदुराम भुसालले मोर्चाका अध्यक्ष भण्डारीसहित दजनौँलाई एकीकृत समाजवादीमा प्रवेश गराउनुभएको हो । पार्टी प्रवेश गर्दै मोर्चाका अध्यक्ष भण्डारीले आफुहरुको तत्कालित पार्टीले निर्वाचनलाई वहिष्कार, उपयोग र फेरी वहिष्कारको नीति लिएर यथास्थिति गोलचक्करमा फसेकाले सो पार्टी परित्याग गरि संयुक्त समाजवादी मोर्चा गठन गरिएकोमा एकीकृत समाजवादीसँग आफुहरु सिद्धान्त मिलेकाले प्रवेश गरीएको बताउनुभयो । एकीकृत समाजवादीको शान्तिपूर्ण ढंगले समाजवादी क्रान्तितर्फ अघि बढ्ने लक्ष्यमा आफुहरुको योगदान हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘हामिले शान्तिपूर्ण रुपले गर्ने क्रान्तिको मात्र वकालत ग¥यौँ । हामीले के भनेका छौँ भने क्रान्ति शान्तिपूर्ण रुपले गर्ने हो । हामीले जुन निष्कर्ष निकाल्यौँ त्यहाँ नेकपा(एकीकृत समाजवादी)को विचारसँग हामीले आफुलाई नजिक पायौँ र आज हामी यो ठाउँमा छौँ । हामी के प्रतिवद्धता यहाँ व्यक्त गर्न चाहान्छौँ भने नेकपा(एकीकृत समाजवादी)ले जुन शान्तिपूर्ण ढंगले समाजवादी क्रान्तितर्फ अगाडी बढ्ने लक्ष्य राखेको छ । जुन बाटो कोरेको छ । त्यो बाटोमा हामी एउटा पाइला बन्न सकौँ । त्यो घर निर्माण गर्ने जुन लक्ष्य राखेको छ त्यो घरमा हामी एउटा इट्टा बन्न सकौँ । हामी यो प्रतिवद्धता यहाँ व्यक्त गर्न चाहान्छौँ ।’

उहाँले आफ्नो मोर्चामार्फत् देशभरका ३५ वर्ष मुनिका २ सयभन्दा बढी नेता, कार्यकर्ता एकीकृत समाजवादीमा समाहित भएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }