आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गठबन्धनबाट साझा व्यक्तिको रुपमा मन्त्री बनेका बन्दी


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २४, २०७८
  • 516
    SHARES

२४ चैत, काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले नवनियुक्त कानूनमन्त्री गोविन्द बन्दीलाई सत्तारुढ दलको साझा व्यक्तिको रुपमा मन्त्रिमण्डलमा समावेश गरिएको बताउनुभएको छ ।

बिहीबार संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ महासचिव भुसालले नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला(गोविन्द बन्दी)लाई सत्तारुढ दलको साझा व्यक्तिको रुपमा नियुक्त गरिएको बताउनुभएको हो । यसअघि सरकार बन्दाताका नै मन्त्रिपरिषद्मा कानून व्यवसायीको प्रतिनिधित्व हुनुपर्ने चर्चा चलेको उल्लेख गर्दै उहाँले मन्त्री बन्दीलाई एकीकृत समाजवादीको कोटाबाट मन्त्री बनाउने प्रस्ताव आउँदा आफुहरुले पार्टीको कोटाबाट नभई साझा व्यक्तिको रुपमा लान आग्रह गरिएको बताउनुभयो । महासचिव भुसालले गैर सांसदलाई छ महिनाको लागि मन्त्रि बनाउन सकिने संवैधानिक व्यवस्था रहेकाले बन्दी मन्त्रि भएको विषयमा विवाद गर्नु आवश्यक नरहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘उहाँलाई साझा व्यक्तित्वको रुपमा मन्त्रिमण्डलमा लैजाऔँ भन्नेकुरा पहिले पनि भएको थियो । खासगरीकन कानून व्यवसायी मध्येबाट प्रतिनिधित्व हुनुपर्छ भन्ने चर्चा जतिबेला प्रधानमन्त्री शेरबहादुर देउवाजीले मन्त्रिमण्डल बिस्तार गर्नुभयो त्यतिबेलै देखि थियो । विभिन्न कानून व्यवसायी साथीहरुबाट पनि, कानूनी क्षेत्रका विभिन्न नेता साथीहरुका नाम पनि आएका थिए । त्यसमध्ये एउटा गोविन्द बन्दीजीको पनि थियो । र हामीले त्यतिबेला चाहीँ पार्टीको कोटाबाट गोविन्दजीलाई राख्ने भन्ने ढंगले कुरा आएपछि हामीले उहाँलाई पार्टीको कोटाबाट होइन, साझा बनाएर लानुपर्छ भन्ने कुरा नै गरेका थियौँ । र बिचमा पनि उहाँलाई चाहीँ त्यो साझा बनाएर लाने भनेको अहिलेसम्म भएन किन भन्ने कुराहरु हुँदै नै आएका थिए । त्यसै सन्दर्भमा अहिले त्यो विषय अगाडी बढेको हो । गैरसांसदलाई छ महिनाको लागि मन्त्रि बनाउन सकिने संवैधानिक व्यवस्था छ । संविधानले दिने विषय भएको हुनाले अथवा संविधान अनुसार गर्न मिल्ने भएको हुनाले त्यसमा विवाद गर्नुपर्ने त कुनै विषय नै छैन नि ।’

गोविन्द प्रसाद शर्मा कोइराला(गोविन्द बन्दीलाई) बिहीवार नै राष्ट्रपति विद्यादेवी भण्डारीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }