आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नुवाकोट शिवपुरी गाउँपालिका–७ का काँग्रेस इकाई सभापति मुकुन्द पाण्डे कुटिए


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र २२, २०७८
  • 1.2K
    SHARES

काठमाडौँ, २२ चैत । नेपाली काँग्रेस नुवाकोट शिवपुरी गाउँपालिका–७ पन्थथोकका इकाई सभापति मुकुन्द पाण्डे कुटिएका छन् ।

स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै उम्मेद्वार चयनमा राम्रा मान्छेलाई छनोट नगरी आफ्ना मान्छेलाई छनोट गरेपछि काँग्रेस नेता तथा कार्यकर्ताले सभापति पाण्डेलाई आज विहान कुटेका हुन् ।

हिजो सोमबार वडा अध्यक्षका लागि काँग्रेसबाट नामावली जिल्लामा पठाउने विषयमा ११ जना आकांक्षी देखिएपछि उक्त बैठक आज विहान ८ बजेलाई सारिएका थियो ।

आजको बैठकमा ईकाई सभापति पाण्डेले वडा अध्यक्षको आकांक्षीसमेत नरहेका आफ्नै साढु माधव भेटवालको नाम सिफारिस गरेपछि पाण्डेलाई काँग्रेस कार्यकर्ताले नै कुटेका हुन् । यस्तै, काँग्रेसले गरेको माईन्यूट च्यातेका छन् ।

नुवाकोट शिवपुरी गाउँपालिका वडा नं ७ मा काँग्रेसको तर्फबाट रमेशप्रसाद पाण्डे, राजबाबु पाण्डे, गंगा डंगोल, बासुदेव कँडेल, दामोदर गुनी, रामहरि पाण्डे, हरि डंगोल, जयराम डंगोललगायत वडा अध्यक्षका लागि आकांक्षी थिए ।

वडा अध्यक्षका लागि दावेदार नरेहका भेटवालको नाम एक्कासी सिफारिस भएपछि झडपको अवस्था सिर्जना भएको काँग्रेस वडा अध्यक्षका एक उम्मेदवारले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }